घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा
इन्दीप कोइराला, काठमाडौं : घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्।
मन्त्री पदबाट राजीनामा दिएलगत्तै गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भावना सार्वजनिक गरेका छन्। केही दिनदेखि आफ्नो नाम ‘घुस डिल’ सँग जोडेर प्रचार भएको उल्लेख गर्दै उनले आफू त्यसकै शिकार बनेको बताएका छन् ।
गुप्ताले लेखेका छन्, ‘‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए।’’
उनले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। ‘‘अब लागेका आरोप अनुसन्धान गरेर सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प...




















