डिएसपी बोगटीद्धारा आमा बुवाको सम्मानस्वरुप विद्यालयमा अक्षयकोष स्थापना
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरस्थीत त्रिभुवन माध्यमिक विद्यालयमा श्री वीर बहादुर पाली बोगटी अक्षयकोष स्थापना गरीएको छ । मंगलबार भीमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर निवासी सशस्त्र प्रहरी बल नेपालका डिएसपी राम बहादुर पाली बोगटीले आफ्नो आमाबुवाको सम्मानस्वरुप विद्यालयलमा एक लाख २५ हजार १ सय २५ रुपयाँ बरावरको अक्षय कोषको स्थापना गरेका हुन् । आफुले माध्यमिक तहसम्म पढेको विद्यालयमा अध्ययनरत गरिव जेहेन्न्दार, मिहिनेती, उत्कृष्ट र खेलाडी छात्रछात्राहरुलाई छात्रबृत्रि प्रदान गर्ने उदेश्यका साथ कोषको स्थापना गरीएको डिएसपी राम बहादुर पाली बोगटीले बताए । उनले कोष स्थापना गर्न आजै विद्यालयलाई रकम हस्तान्तरण गरेका छन् ।
उनले आफ्ना बुवा वीर बहादुर पाली बोगटीको नामबाट अक्षयकोष खडा गरेका हुन् । डि एस पि बोगटी एक शालिन, भद्रस्वभावका धनी र सामाजिक कार्यमा निकै रुचि राख्ने ...




















