Advertisement

सरकारको करनितिको सुनचाँदी व्यवसायीहरुद्धारा सांकेतिक विरोध, आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरमा धर्ना, बजारमा विरोध ¥याली

महेन्द्रनगर – सरकारले बजेटमार्फत ल्याएको कर संरचना तथा अप्रत्यक्ष करको नीति विरुद्ध सुनचाँदी व्यवसायीहरुले महेन्द्रनगरस्थीत आन्तरीक राजश्व कर्याालय परिसरमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आईतबार जारी गरेको कार्यतालिका अनुसार सुनचादी व्यवसायी संघ, महाकाली सुनचादी व्यवसायी संघ, सुनचादी रत्न तथा आभुषण महासंघमा आवद्ध संगठनहरुको संयुक्त संघर्ष समितिको अयोजनामा महेन्द्रनगर बजारमा विरोध ¥याली प्रदर्शन तथा आन्तरीक राजश्व कार्यालय महेन्द्रनगर परिसरमा विरोध सभा गरेका हुन् । विरोध सभालाई संघर्ष समितिका संयोजक सुरत गहतराजलगायतका व्यवासायीका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले सरकारले आफ्ना मागको सुनुवाई नगरे काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने बताएका छन् । सरकारले लिएको करनितिले सुनचादी व्यवसायीहरुको रोजिरोटी लुटिएको उनीहरुले दावि गरेका छन् । नेपाल सुनचादी व्यवसायी महासंघ र नेपाल सुनचादी कला तथा आभुषण महासंघले आईतबार असार २७ गतेसम्म विभिन्न किसिमका जिल्लादेखि केन्द्रसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सोही कार्यक्रम अनुसार नै सुनचादी व्यवसायीहरुले आन्तरीक राजश्व कार्यालय महेन्द्रनगरमा पनि विरोध सभा गरेका हुन् । सुनचादी व्यवसायीहरुले सुनमा लगाएको २ प्रतिशत विलासिता कर, हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग अघि सारेको छ ।

पुर्व निर्धारित आन्दोलनको कार्यतालिका अनुसार आईतबार पनि विरोध ¥यालि निकालेर जिल्ला प्रशासन कार्यालयमा कोण सभा सम्पन्न गरेका थिए । केन्द्रिय कार्यतालिका अनुसार असार २४ गते उपभोक्ता सचेतना अभियान संचालन गर्ने, असार २५ गते मोटर साईकल ¥याली निकाल्ने, असार २६ र २७ गते काठमाण्डौमा बृहत खवरदारी सभाको आयोजना गर्ने रहेको छ ।
तर सरकारले भने देशलाई ग्रेलिष्टबाट हटाउनका लागि विलासिताका बस्तुमा सो कर लगाईएको उल्लेख गर्दै टसको मस भएको छैन् । असार १८ गते बुधबार एक विज्ञप्ती निकालेको उद्योग बाणिज्य संघ कञ्चनपुरले सुनचादी व्यवसायीहरुको आन्दोलनमा सहयोग गर्ने जनाउदै ऐक्यवद्धता जनाएको छ ।

 

सरकारले आर्थिक बर्ष २०८२/०८३ को बजेटमा ल्याएको कर निति अव्यवहारीक भएको भन्दै गत जेठ ३० गतेबाट विरोध कार्यक्रम गरेका सुनचाँदी व्यवसायीका संघसंगठनहरुले असार १३ गतेदेखि व्यवसाय नै बन्द गरी आन्दोलनमा लागेका छन् । व्यवसायीहरुले जेठ ३० गते बजारमा ¥याली प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज