नयाँ खबर
धनगढी–नागरीक उनमुक्ति पार्टी(नाउपा) बाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन् । बिहिबार मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले मन्त्री चौधरीको कार्यशैलीप्रति असन्तुष्टि रहेका थिए । मुख्य मन्त्री शाहले राजीनामा दिन आग्रह गरेका थिए । तर मन्त्री चौधरीले राजीनामा दिन नमानेपछि बखास्तमा परेका छन् ।
मन्त्री चौधरी कृषिमन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेका थिए । यो प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्कासहितका केही व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो । मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टी(नाउपा)बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका थिए ।
नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधीमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।