Advertisement

महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए

महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक थपिएका छन् । रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय ६ जना विशेषज्ञ चिकित्सक थपिएसंगै २३ जना विशेषज्ञ चिकित्सकहरुले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गरीरहेका छन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक थपिएको जानकारी दिए । उनका अनुसार विषेशज्ञ चिकित्सक थपिएसंगै मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा गरीएको छ । विशेषज्ञ डाक्टरहरु थपिएसंगै अस्पतालको सेवा प्रवाहमा प्रभावकारीता आउने निमित्त मेडिकल सुपरिटेन्डेन भट्टले बताए । ‘विशेषज्ञ सेवा थपिएपछि यहाँका सेवाग्राहीलाई उपचारमा सजिलो हुन्छ’, भट्टले भने, ‘एउटै विभागमा दुईरतीन जना विशेषज्ञ हुँदा एक जना बिदामा बस्दा पनि समस्या हुँदैन ।’
यसअघि एउटा विभागमा एक जनामात्रै विशेषज्ञ चिकित्सक हुँदा बिदामा जाँदा उक्त सेवा बन्द हुने गरेको थियो । “अस्पतालमा पहिलो पटक यतिधेरै विशेषज्ञ चिकित्सक आएका हुन्”, उनले भने, “विशेषज्ञ सेवा थपिएपछि अहिले दैनिक ४०० देखि ५०० सेवाग्राहीले दैनिक सेवा लिने गरेका छन् ।” अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भए पनि अहिले एक जनामात्रै दरबन्दीमा कार्यरत छन्। अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिँदै आएका छन् ।

विगतको तुलनामा अस्पतालले विशेषज्ञसहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। ‘अहिले एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन्, यसले सेवाग्राहीलाई सजिलो भएको छ’, उनले भने, ‘अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएको सरकारले त्यहीअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य उपकरणमा ध्यान दिनुपर्छ ।’

उनले सरकारले दरबन्दीअनुसार लोकसेवाबाट पदपूर्ति गर्न नसक्दा अहिले करारमा मात्रै चिकित्सक काम गरिरहेको बताए। ‘विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको सङ्ख्या बढेको छ’, उनले भने, ‘अहिलेको मुख्य आवश्यकता भनेको सिटिस्क्यान हो, यो उपलब्ध भयो भने कुनै पनि बिरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन ।’

विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो। जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० श्ययाको अञ्चल अस्पताल ९रेफरल सेन्टर० भयो। मुलुकमा सङ्घीयतापछि प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।
अस्पतालमा स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ। अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्रीरोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक, कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज