Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचादी रत्न तथा आभुषण महासंघले सार्वजनिक ग¥यो आन्दोलन कार्यतालिका

महेन्द्रनगर – नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले असार २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रक सार्वजनिक गरेका छन् । उनीहरुले आईतबार एक विज्ञप्ती जारी गरी आईतबारदेखि असार २७ गतेसम्म विभिन्न किसिमका जिल्लादेखि केन्द्रसम्म विभिन्न प्रकारका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उनीहरुले सरकारसंग सुनमा लगाएको २ प्रतिशत विलासिता कर, हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग राखेर आन्दोलन कार्यतालिका सार्वजनिक गरी सडकमा आउनुपरेको सुनचादी व्यवासयी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए ।

 

केन्द्रिय कार्यतालिका अनुसार कञ्चनपुरमा आज आईतबार सांकेतिक विरोध कार्यक्रम गरेको सुनचादी व्यवसायी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए । उनले भोलिदेखि केन्द्रिय कार्यतालिका अनुसार आन्दोलन गर्ने बताएका छन् । केन्द्रिय कार्यतालिका अनुसार असार २२ गते जिल्ला प्रशासन कार्यालय वरपर सांकेतिक विरोध गर्ने, असार २३ गते जिल्लास्थीत कर कार्यालय वरपर सांकेतिक विरोध प्रदर्शनगर्ने, असार २४ गते उपभोक्ता सचेतना अभियान संचालन गर्ने, असार २५ गते मोटर साईकल ¥याली निकाल्ने, असार २६ र २७ गते काठमाण्डौमा बृहत खवरदारी सभाको आयोजना गर्ने रहेको छ ।
तर सरकारले भने देशलाई ग्रेलिष्टबाट हटाउनका लागि विलासिताका बस्तुमा सो कर लगाईएको उल्लेख गर्दै टसको मस भएको छैन् । असार १८ गते बुधबार एक विज्ञप्ती निकालेको उद्योग बाणिज्य संघ कञ्चनपुरले सुनचादी व्यवसायीहरुको आन्दोलनमा सहयोग गर्ने जनाउदै ऐक्यवद्धता जनाएको छ ।

 

सरकारले आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा ल्याएको कर निति अव्यवहारीक भएको भन्दै गत जेठ ३० गतेबाट विरोध कार्यक्रम गरेका सुनचाँदी व्यवसायीका संघसंगठनहरुले असार १३ गतेदेखि व्यवसाय नै बन्द गरी आन्दोलन गर्दै आएका छन् । उनीहरुले जेठ ३० गते बजारमा ¥याली प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज