Advertisement

Breaking News 1

कञ्चनपुरमा नगर प्रहरी प्रमुख प्रहरी हिरासतमा

कञ्चनपुरमा नगर प्रहरी प्रमुख प्रहरी हिरासतमा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा नगर प्रहरी प्रमुख विवाहित महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका नगर प्रहरी इन्चार्ज एवं नगर प्रही सहायक निरीक्षक(असई) सुरेन्द्र बोहरा ३२ बर्षिया विवाहित महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । गत श्रावण ३० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिलाले दिएको जाहेरीका आधारमा बोहरालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपि सागर बोहराले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रबक्ता बोहराका अनुसार असई बोहरालाई जाहेरी परेकै दिन पक्राउ गरी अनुसन्धान भईरहेको छ । ‘महिलाको उजुरीका आधारमा नगर प्रहरीलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ,’ उनले भने, ‘अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप भएको छ, उजुरीमाथि अनुसन्धान अघि बढाएकाछौ ।’...
मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी - सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए । ‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’ सुदूरपश्चिममा पार्टी स्कुल विभागको संयोजनकारी भूमिका निर्वाह गरिरहेका रावलले मिसन ८४ अभियान सफल बनाउन घरदैलो अभियान सञ्चालन, झुलाघाट, चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगायतका कार्यक्रमले सहयोगी भूमिका ...
कञ्चनपुर कारागारको सरोकारवाला पक्षद्धारा अनुगमन, कैदीबन्दीका १५ बुदे माग

कञ्चनपुर कारागारको सरोकारवाला पक्षद्धारा अनुगमन, कैदीबन्दीका १५ बुदे माग

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चपनुर कारागारको सरोकार पक्षहरुले अनुगमन गरेको छ । आईतबार जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, जिल्ला समन्वय अधिकारी खेमराज काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी र मानवअधिकारकर्मी भगवती थापाले कञ्चनपुर कारागारको अनुगमन गर्दै बस्तुस्थिति बारे जानकारी दिएका छन् । अनुगमनको क्रममा जिल्ला समन्वय प्रमु्ख बोहराले कारागारमा रहेका कैदीबन्दीको अवस्था र त्यहाको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् । अनुगमनको क्रममा कैदीवन्दीहरुले सरोकारवाला पक्षलाई १५ बुदे माग पत्र बुझाएका छन् । कैदीवन्दीहरुले मागपत्रमा आफुहरुलाई खाना बस्न र सौचालयको उचित व्यवस्थापन नभएकाले त्यसको लागि आवश्यक भवन निर्माणगरी उचित व्यवस्थापन गरीदिन आग्रह गरेका छन् । भुकम्पको निकै जोखिममा रहेको उल्लेख गर्दै उनीहरुले समयमै मानवि...
महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - महाकाली नदीमा नुहाउने क्रममा आइतबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहरा अनुसार, भीमदत्त नगरपालिका–११ की अन्दाजी ७ वर्षीया जिबिका पन्त र ६ वर्षीया सान्वी पन्त बेपत्ता भएका हुन्। आइतबार दिउँसो महाकाली किनारमा चार बालबालिका नुहाउने क्रममा ती दुई जना हराएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।...
बेदकोटको चथरीमा जंगली हात्तिले साढे चार विगाहा जमिनको धानबाली नष्ट

बेदकोटको चथरीमा जंगली हात्तिले साढे चार विगाहा जमिनको धानबाली नष्ट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा जंगली हात्तिले गाउबस्तीमा पसेर साढे चार विगाह जमिनमा लगाएको धानबाली नष्ट गरेको छ । शुक्रबार विहान २ बजेतिर बेदकोट नगरपालिका वडा नंम्बर १० चथरीका किसानहरुले लगाएको धानवाली नष्ट गरेको हो । वडा नंम्बर १० का वडा अध्यक्ष रतन विष्टले हात्तिले धानबाली नष्ट गरेको खवर गरेपछि अस्थायी प्रहरी पोष्ट दैजीबाट ७ किलोमिटर टाढा रहेको चथरीमा प्रहरी सहायक हवल्दार दिपक नागरीको कमाण्डमा ३ जनाको प्रहरी प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकार िडिएसपि सागर बोहराले जानकारी दिए । उनका उनका अनुसार आठ जना किसानको साढे चार विगाह धानबाली पूर्णरुपमा नष्ट गरेको छ । रमिला राना, मिना राना र लक्ष्मण डगौराको १०÷१० कट्टा जमिन, सिता देवी कठायतको ५, पुरन चुनारा, रुपया चुनारा, सुर आग्री र राम चुनाराको प्रति अढाई कट्टा जमिनमा लगाएको धानबाली नष्ट गरीएको डि...
नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको छैटौ पुर्ण बैठक सम्पन्न, ७० बर्षे उमेर हद नहटाउन सुझाव

नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीको छैटौ पुर्ण बैठक सम्पन्न, ७० बर्षे उमेर हद नहटाउन सुझाव

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा छैटौ पूर्ण बैठक सम्पन्न भएको छ । साउनको बिहिबार नेकपा(एमाले)को पार्टी कार्यालयमा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा विभिन्न विषयमा निर्णय सर्वसहमतिले पारित गरेको छ । बैठकले भाद्र १ गते एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा जिल्ला अधिबेशन प्रतिनिधि परिषदको बैठक सम्पन्न गर्नेलगायत विभिन्न निर्णय गरेको नेकपा(एमाले) जिल्ला उपाध्यक्ष तथा प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थीले बताए । उनका अनुसार नेकपा एमालेको केन्द्रले पठाएको बिधान संसोधन प्रस्तावमाथि छलफल गरी जिल्ला कमिटीले महत्वपूर्ण सुझाव पठाउने सहितका विभिन्न निर्णय गरेको छ । नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष निरु पाल, केन्द्रीय सदस्य नर ब धामी, संविधान सभा सदस्य कृपाराम राना, कमला बोहरा, प्रदेश अध्यक्ष कृष्ण जैसि, लगयात केन्द्रीय...
‘चित्तलको उद्धारपश्चात उपचारका लागि राखिएको हो’ : मेयर ओझा

‘चित्तलको उद्धारपश्चात उपचारका लागि राखिएको हो’ : मेयर ओझा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरकाका नगर प्रमुख हेमराज ओझाले घाइते चित्तलको बच्चालाई उद्धार गरी उपचारका लागि मात्रै नगरपालिकामा राखिएको बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरी अबैधरुपमा पालिएको चित्तलको विषयमा नगर प्रमुख ओझाले गलत नियतका साथ नगरपालिकामा चित्तल नराखिएको बताएका हुन् । उनले नियत सफा राखेर पालिएको र यस विषयमा पुर्व डिएफो कडेल र बर्तमान डिएफो यादबलाई मौखिक जानकारी गराएको पनि बताए । निगाली स्वास्थ्य चौकीमा भवन बनाउनका लागि प्रदेश सरकारको ८०÷८५ लाखको अनुदान आएको र त्यहा सालको रुख बिपतका दृष्टिकोणले नोक्सान गर्न सक्ने भएकोले रुख ब्यवस्थापनका लागि डिएफोसंग छलफलको क्रममा चित्तलको बारेमा जानकारी दिएको मेयर ओझाले बताए । आफुलाई चित्तल पाल्ने सौख नभएको उल्लेख गर्दै नगर प्रमुख ओझाले आफ्नै जमिनमा खोर बनाएर पाल्न सक्ने तर चित्तललाई उपचारका लागि मात्रै राखिएको बताए । ‘म पाल्ने भा भए मेर...
नागरीक उन्मुक्तिमा बुहारीलाई हटाएर ससुरा बने अध्यक्ष

नागरीक उन्मुक्तिमा बुहारीलाई हटाएर ससुरा बने अध्यक्ष

Breaking News 1
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी(नाउपा)मा बुहारीलाई हटाएर ससुरा अध्यक्ष बनेका छन् । नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालविर चौधरी अध्यष बनेका हुन् । अध्यक्ष रञ्जिता श्रेष्ठसँग असन्तुष्ट पक्षले बिहीबार आयोजना गरेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै पार्टीका संरक्षक रेशम चौधरीका बुबा एवं सांसद लालवीर चौधरीलाई सर्वसम्मतिले नयाँ अध्यक्ष चयन गरेको छ । भेलापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चौधरीले पार्टीलाई विधि र पद्धतिमा चलाउन आफूहरूले यो कदम चाल्न बाध्य भएको बताए। ‘पार्टीको अवस्था र परिस्थितिले गर्दा हामीले यो निकास खोजेका हौँ,’ उनले भने, ‘डेढ वर्षदेखि बैठक नडाकेकाले पार्टी अनिर्णयको बन्दी बनेको थियो। रुपन्देहीमा उपनिर्वाचन आइसकेको अवस्थामा उम्मेदवारी दिने प्रक्रिया अघि बढाउन पनि यो निर्णय आवश्यक थियो।’ उपस्थित एक नेताले बहुमत केन्द्रीय सदस्यल...
महेन्द्रनगर खुलामञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु

महेन्द्रनगर खुलामञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि ‘पर्यटन, संस्कृति खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजनामा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु भएको हो । मेलाको समुद्धघाटन भीमदत्त नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुशिल भट्टले रिवन काटेर गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि रहेका उनले मेलाको उद्धघाटन सत्रमा बाल्दै मेलाले व्यवसायीक क्षेत्रलाई टेवा पुग्ने बताए । ‘यसमा हामी सबैले सक्दो सहयोग गर्नेछौ,’ वडा अध्यक्ष भट्टले भने, ‘मेलाले भीमदत्त नगरपालिकामा व्यवसायीक क्षेत्रलाई टेवा पुग्ने अपेक्षा गरेका छौ, त्यस कारण पनि सबैले मेलाको अवलोकन गर्नुहोला ।’ सुदूरपश्चिम समावेसी अपाङ्गता संघका अध्यक्ष उपेन्द्र खडायतले सूदूरपश्चि...
खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना

खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना

Breaking News 1, samachar, अर्थ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेला सुरु हुन लागेको छ । सुदुरपश्चिम समाबेसी अपाङ्गता संघको आयोजना तथा भावना एम्युजमेन्ट प्रालि कैलालीको व्यवस्थापनमा शुक्रबारदेखि मेला सुरु भईरहेको हो । शुक्रबार मेलाको समुद्धघाटन भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखकजोशीले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भीमदत्त नगरपालिका संरक्षक रहेको मेला शुक्रबार देखि साउन २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मेला विहान ११ बजेदेखी राती ९ बजेसम्म मेलाको आयोजना हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित उनीहरुलाई सम्मान गरीने सुदुरपश्चिम समाबेसी अपाङ्गता संघका संयोजक उपेन्द्रबहादुर खडायतले बताए । उनले मेलाको विद्यार्थीहरुलाई ५० र सर्वसाधारणतर्फ १०० रुपाया टिकट राखिएको बताए । अपांगता भएका व्यक्तिहरुले लगाएको मेला भएको कारण अपांगताभएकाहरुका लागि बस्नका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज