Advertisement

छाउपडी प्रथा अन्त्य गर्न सुरुवाती चरणमा छाउपढी गोठ भत्काउनुपर्ने सरोकारवालाको जोड

महेन्द्रनगर–सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यका लागि छाउपढी गोठ भत्काउन जोड  दिएका छन् । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव सरकारी कर्मचारीले प्रथा अन्त्य गर्न छाउपढी गोठ भत्काउन एक मत देखिएका हुन् ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले छाउबार्नका लागि गोठमा बसेकी निगालीकी २८ बर्षिया कमला आउजीदमाईको निधनसंगै सबै वडाहरुमा रहेका छाउगोठ भत्काउनुका साथै सचेतना कार्यक्रम संचालन गरिने बताए । ‘पहाडबाट बसाई सरी आएका अधिकांस परिवारहरुमा छाउपढीको समस्या देखिएको छ, अछाम समुदायमा अझ बढि समस्या रहेकोछ, छाउपढी गोढ छिटो भत्काईएन भने अझ थप जोखिम हुन्छ भन्ने हो, जनचेतनामुलक कार्यक्रम गर्दैगरौला, सर्पले टोक्ने कुरामा मात्रै समस्या छैन, समाजमा अन्य विभिन्न बिकृति छ,’ उनले भने, ‘छाउगोठमा सुत्नेकुरा अति नै जोखिम रहेकोछ, कानुन कतिको बाधक रहला हेर्दै गरौला, १५ दिनको म्याद दिएका छौ, सिडियोसाप संग, एसपीसापसंग कुरा भएको छ, सुरुमा १ नं. वडामा जान्छौ, लोकतन्त्रमा पनि हामी निर्मम हुन्छौ, विकासका लािग हामी यो परिस्थीतीमा उत्रिन्छौ, सुरुमा आफै छाउगोठ भत्काउन अनुरोध गरेका छौ नभत्काए आफै नगरपालिका भत्काउछ ।’

छाउपडि समुदायका मानिसको मनमनमा रहेको नगर प्रमुख ओझाले बताए । ‘छाउपढी सबैको मनमनमा छ, यो कुरा प्राकृतिक कुरा हो, बच्चा जन्मीयो भने त्यही रुममा महिलाले बस्न पाउछ तर महिनावारी हुदा छुट्टै घरमा बस्ने कुरा मान्न सकिदैन् । गोठ बनाएर महिलालाई बस्न बाध्य बनाईन्छ भने त्यो सहन सकिदैन,’ नगर प्रमुख ओझाले भने ।

मेयर ओझाले छाउपढी प्रथाको अन्त्यका लागि आउने आर्थिक बर्षको निति तथा कार्यक्रममा समेटेको बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले छाउपढी प्रथा गैर कानुनी भएकाले कानुन कार्यान्वयनमा जोडदिए । ‘छाउपढी प्रथा गैरकानुनि भएकाले कानुन कार्यन्वयन गर्नुपर्छ, तर कानुन अनुसार गरौ भने पनि समाजका सबैलाई थुन्नुपर्ने हुन सक्छ त्यसैले यो अलि कार्यन्वयन गर्न अलि समस्या छ, कानुनि कारवाही भनेको सेम्बुलिक हो,’ उनले भने, ‘स्थानीय तहको सरकार र प्रदेश सरकारले कानुन बनाएर बजेटिङको व्यवस्था गर्नुपर्छ, तर एक पटक मोभमेन्ट चलाउनैपर्छ त्यो नगरी पनि हुदैन् ।’ प्रजिअ ढकालले प्रशासनबाट जिल्लाका ९वटै पालिकालाई छाउगोठ भत्काउन निर्देशन दिईसको बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रमुख एवं एसपी खडक बहादुर खड्काले छाउपढी अन्त्यका लागि प्रहरी प्रशासनले गर्नुपर्ने कार्य गर्नबाट पछि नहट्ने बताए ।

कार्यक्रममा कृष्णपुर नगरका वडाध्यक्ष एव जनप्रतिनिधीले आ–आफ्नो वडामा रहेका छाउगोठ भत्काउनुका साथै सचेतनामुलक कार्यक्रम संचालनमा जोडदिएका छन । वडा अध्यक्षहरुले छाउगोठ भत्काउनका लागि १५ दिनको समयसिमा रहेको र उक्त समयमा छाउगोठ नभत्काएमा वडाबाट प्रदान गरीने सेवासुविधाहरु रोक्ने बताएका छन् । उनीहरुले जनचेतनामुलक कार्यक्रम चलाईरहदा पनि निर्मुल हुन नसकेको छाउपढीको अन्त्यका लागि कडारुपमा जानुपर्ने बताएका छन् । सुदुरपश्चिम प्रदेश सभा सदस्य एव पुर्वमन्त्री लक्ष्मी विकले विद्यमान छाउपढी प्रथा अन्त्यमा जोडदिदै प्रदेश सभाबाट समेत आवश्यक पहल गर्ने बताईन । सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले आफुहरुले फिल्डमा सुनेका सबैकुरालाई प्रदेश सभामा लगेर आवश्यक कानुन तथा निति निर्माण गर्ने बताए । उनले खासमा आफुहरुले दुई कुरामा ध्यान दिने बताए ।

एकमा कानुन निर्माण गर्ने र दोस्रोमा निर्माण गरेका कानुन केकति कार्यान्वयन भइरहेका छन् त्यसको निरीक्षण गर्ने काम रहेको उनले बताए । प्रदेका मन्त्री, मुख्य सचिवलगायतका पक्षसंग बोलाएर छलफल गरीने समेत सभापति पाठकले बताए । समाजिक विकास समितिका सभापति धर्मराज पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका समितिका सदस्य शिवराज भट्ट, जानकी कुँवर, प्रदेश सभाको महिला समन्वय समितिका संयोजक सन्तोष शर्मा थापा, सदस्यहरु लक्ष्मी विक, इन्दिरा गिरी, गीतादेवी माल, मधु भारती र गीता चौधरी सहभागी थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज