Advertisement

समावेशी कटान सामुदायिक बनमा तिन हजार विरुवा रोपियो, ४ हजार ५ सय विरुवा रोप्ने लक्ष्य

कृष्ण दत्त पन्त, महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ३ स्थीत श्री समावेशी कटान सामुदायिक वनमा विभिन्न प्रजातीका ३ हजार बोटविरुवा बृक्षारोपण गरीएका छन् । समाबेशी कटान सामुदायिक बनमा बिहिबार एक हजार पाँस सय र शुक्रबार पनि एक हजार पाँच सय गरी विभिन्न प्रजातीका तिन हजार विरुवा रोपिएको सामुदायिक बनका अध्यक्ष खेमराज ओझाले बताए ।

वन समन्वय समिति कञ्चनपुरको ‘निजि बन प्रबद्धन तथा बृक्षारोपण सप्ताह’ कार्यक्रम अन्तरगत सामुदायिक बनमा ४ हजार पाँच सय विरुवा रोप्ने लक्ष्य लिईएकोमा शुक्रबारसम्म तिन हजार विरुवा रोपिएको अध्यक्ष ओझाले बताएका हुन् । वनमा रक्तचन्दन, कागती, बकाईनो, श्रीखण्ड, सिसम, विजयसाल र लिप्टीसका बोटविरुवा रोपिएको अध्यक्ष ओझाले बताए । बनमा घाईते बन्यजन्तु उपचार केन्द्रको स्थापना गरीने अध्यक्ष ओझाले जानकारी दिए । उनका अनुसार उपचार केन्द्रमा आरक्षबाट डाक्टर आउने र बाकि सहयोगी स्थानीयस्तरबाट राखिनेछ । शुक्रबारको बृक्षारोपण कार्यक्रम संगै सामुदायिक बनको भवन समेत समुद्धघाटन गरीएको छ ।

सामुदायिक बनको समुदघाटन कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश वन महानिर्देशक हेमराज विष्टले गरेका थिए । कार्यक्रमको विशिष्ठ अतिथि रहेका वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशी रहेका थिए । अम्बा, कागती अमला, लिचि, आँप, कटहरलगायत फलफुलका बोटविरुवा उपभोक्ताहरुले आफ्नो निजि जमिनमा बृक्षारोपण गर्न उपलब्ध गराएको जिल्ला बन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले बताए ।

२ सय ६५ उपभोक्ता रहेको सामुदायिक बन २०६७ चैत्र १४ गते शुक्लाफाटा राष्ट्रिय निकुञ्जले हस्तान्तरण गरेको थियो । सुरुवातमा एक सय ३९ उपभोक्ता रहेको सामुदायीक बनको भवनको समुद्धघाटन समेत गरीएको छ । सामुदायिक बनले २०८२÷०८३ मा पिक्निक स्पोर्ट लगायत फुटवल ग्राउण्ड बनाउने जस्ता महत्वाकाक्षि योजना अघि सारेको छ । यो बन शुक्लाफाटा नगरपालिका वडा नं. १२ मा पनि परेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज