Advertisement

एमाले महिला संघको छाउपढी गोठसंगै कुरीती मनैदेखि जरा उखेल्न सिडियोलाई ज्ञापन पत्र

महेन्द्रनगर–नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला(अनेम) संघले छाउपढी गोठ भत्काउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार अनेम संघ कञ्चपनुरका जिल्ला अध्यक्ष चिनी गिरीको नेतृत्वमा संघले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई छाउपढी गोठ भत्काउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
कृष्णपुर नगरपालिका १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको शनिबार छाउगोठमा सर्पले टोकेर मृत्यु भएको थियो । त्यसपछि छाउपढी गोठको बारेमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै आवाज उठिरहको छ । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गदैँ छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन सबै नेता कार्यकर्तालाई अपील समेत गरीसकेको छ ।
अनेम संघ कञ्चनपुरकी अध्यक्ष चिनि गिरीले महिलालाई दोस्रो दर्जाको नागरीक बनाउने छाउपडी प्रथाको अन्त गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बझाएको बताईन् । ‘छाउपडी प्रथा नारीलाई दोस्रो दर्जाको नागरिक बनाउने, उसको आत्मसम्मान कुण्ठित गर्ने र जीवन नै जोखिममा पर्ने कुप्रथा भएकाले महिलाको मौलिक अधिकार सुनिश्चत गर्न र समानतामूलक समाज निर्माण गर्न छाउगोठ जस्ता कुरीति अन्त्यका लागि सिडियोलाई ज्ञापन पत्र बुझाएका छौ,’ उनले भनिन्, ‘सिडीयो पनि सकारात्म हुनुहुन्छ, यो अभियानमा उहाँले साथदिनुहुन्छ ।’

छाउपढी गोठमा बस्नु पर्ने रुढीवादी परम्परा अन्त्य हुने गरी गोठ भत्काउनु पर्ने माग राखेको संघका नेता गीता ओलीले बताईन । कृष्णपुर छाउपडि गोठमा सुतेको बेलामा सर्पको टोकाइबाट ज्यान गुमाउनु भएको घटनालाई लिएर अब उपरान्त यस्ता रुढीवादी परम्पराको अन्त्य हुनु पर्छ, यस्ता किसिमका कुरीतिहरु विरुद्ध सम्बन्धित निकायको पनि समयमा ध्यान जाओस,’ उनले भनिन्, ‘समाजमा जरा गाडेर बसेका ज्यान मारा रुढीवादी परम्पराको जरै बाट अन्त्य गरिनु पर्छ, छाउपढी गोठ मात्र होइन, यसलाई दिमामबाटै यसको जरा उखेलिनु पर्छ र सबै पालिकामा बनाइएका छाउपडि गोठ दिमागबाट नै भत्काइनु पर्छ भन्ने हाम्रो माग हो ।’
अनेम संघले कृष्णपुरको घटनाबाट सचेत हुँदै अब उप्रान्त यस्ता घटना नहुने गरि कामको थालनी गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सहित सरोकारवाला सबै निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।
शनिबार निगालीमा महिलाको ज्यान गएपछि फेरि गोठ भत्काउने अभियान सुरु गर्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले यसका लागि सबै स्थानीय तहलाई अभियान सञ्चालन गर्न पत्राचार गरी आग्रह गरेको बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज