Advertisement

व्यवसाय सञ्चालन गरे ५ देखि २५ हजारसम्म जरीवाना

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा सुनचाँदी पसल संञ्चालन गरे ५ देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले यो आर्थिक बर्षका लागि ल्याएको बजेट कार्यन्वयनमा आएसंगै कञ्चनपुरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । कञ्चनपुर सुनचाँदी व्यवसायी संघले एक प्रेस नोट जारी गरी पाँच दिनका लागि सुनचाँदी पसल बन्द गरी फेरी आन्दोलनमा उत्रेको जनाएको हो । आन्दोलनको क्रममा जोकसै सुनचाँदी व्यवसायीले पसल सञ्चालन गरेमा ५ देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने कञ्चनपुर सुनचाँदी व्यवसायी संघले जनाएको छ । सरकारले ल्याएको बजेटले सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले असार १३ गतेदेखि पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकिएको थिएन । असार २६ गते विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका थिए ।

छ बुदे सहमतिको आधारमा बनेको समस्या समाधान कार्यदलको निर्णय नआउदासम्म व्यवसाय सञ्चालन नगर्ने कञ्चनपुर सुनचाँदी व्यबसायी संघले जनाएको छ । आन्तरीक राजश्व कार्यालय कञ्चनपुरले सुन पसललाई विलासिता कर लागु गर्न पत्र सर्कुलर गरेको कञ्चनपुर जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरत सुनारले बताए । ‘विल जारी गरेर पसल खोल्न आन्तरीक राजश्व कार्यलय महेन्द्रनगरले पत्र पठाएपछि हामीले व्यवसाय बन्द गरेका छौ,’ अध्यक्ष सुनारले भने, ‘यता महासंघले पुरानै तरीकाले कारोवार गर्न भनी सर्कुलेन जारी गर्ने र सरकारसंग भएको ६ बुदे सहमति पत्रको कुनै सुनुवाई नभएपछि सहमति गरेको के अर्र्थ ? सरकारले ६ बुदे सहमति पत्र कार्यन्वयन नगर्दासम्म आन्दोलनमा छौ।’
सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोवारको लागि प्रष्ट नीति नियमावली निर्माण लगायतका माग राखि आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज