स्थिर सरकारका लागि कांग्रेस-एमाले सहकार्यः गृहमन्त्री लेखक
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थायी सरकार निर्माणका लागि दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति भएको बताएका छन्। गृहमन्त्री बनेपछि गृहजिल्ला पुगेर मंगलबार आयोजित एक कार्यक्रममा उनले स्थायी सरकारको अवधारणा र सुशासन कायम राख्न दुई दलबीच सहमति आवश्यक रहेको स्पष्ट पारे।
लेखकले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्दै भने, “प्रधानमन्त्री र मुख्यमन्त्रीले हरेक तीन–तीन महिनामा विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहमति भएको हो। मुलुकमा विशेष परिस्थिति सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ।”
उनले नेपाली राजनीतिक इतिहासमा ठूला परिवर्तनका समयमा पनि यी दुई दल मिलेर अघि बढेको स्मरण गराउँदै, स्थायी सरकार बनेपछि विकास र सुशासनको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे।
त्यसैगरी, लेखकले द्धन्द्धका बेला ...




















