Advertisement

उत्थानशील युवाहरुले सुरु गरे ‘सफा भीमदत्त, हरित भीमदत्त’ अभियान

दोधारा । उत्थानशील युवा सञ्जालले ‘सफा भीमदत्त, हरित भीमदत्त’ अभियान सुरु गरेको छ् । बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल र महाकाली युवा क्लबले बृहत वृक्षारोपण अभियानको थालनी गरेको हो । सञ्जालले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) तथा डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वृक्षारोपण अभियान सुरु गरेको छ् । अभियान अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर १६ मा रहेको चिल्ड्रेन पार्कमा १ सय ५ वटा बिभिन्न जातका बिरुवा साथै वडा नम्बर १४ स्थित शान्ति आधारभूत विद्यालयमा २ सय र बैजनाथ आधारभूत विद्यालयमा १ सय ५० बिरुवा रोपण गरिएको छ् । उत्थानशील युवाहरुले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको असर, मोटरगाडीको उच्चतम प्रयोग साथै उद्योग धन्दाहरुले वातावरण प्रदुषित बन्दै गएको अवस्थामा वातावरणीय सन्तुलन कायम गर्न वृक्षारोपण अभियानको थालेका हुन् । उत्थानशील युवा सञ्जालका सदस्य हेमन्ती महरले भीमदत्त नगरपालिकालाई हरियो र सफा बनाउने उद्देश्यले वृक्षारोपण अभियान सुरु गरिएको बताउनुभयो ।

भीमदत्त नगरपालिका भित्रका खाली स्थानहरुको बारेमा जानकारी दिन साथै रोपिएका बिरूवाहरुको संरक्षण गरेर यस अभियानमा जोडिन सम्पूर्णलाई आग्रह गर्नुभएको छ् । भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशव सिंह विष्टले युवा सञ्जालले हरियाली प्रवर्द्धनका लागि गरिरहेको कार्य सहनिय रहेको बताउनुभयो । उहाँले चिल्ड्रेन पार्कलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने प्रमुख जिम्मेवारी स्थानीयबासीको भएकाले पार्कमा रोपिएका बिरुवाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ् । प्रदुषण रोक्ने सबै भन्दा उत्तम उपाय भनेको वृक्षारोपण भएकाले उत्थानशील युवा सञ्जालको यस अभियान सबैले साथ दिनुपर्ने उहाँको भनाई रहेको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले मानिसले नै वातावरणलाई प्रदुषित वा असंतुलित बनाई राखेको बताउनुभयो । प्रकृतिसाग बदमासी गरिएमा ठूलो प्राकृतिक विपद्को सामना गर्नुपर्ने अवस्था आउने उहाँको भनाई छ् ।

उहाँले हाम्रा भावी सन्ततीहरुलाई स्वच्छ हावा प्रदान गर्नका लागि पनि वृक्षारोपण गर्नुपर्ने बताउनुभयो । जलवायुको समस्या तथा हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण अभियानको थालनी गरिएको बताईएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूएले जलवायु अनुकुलन साथै हरियाली प्रवद्र्धनका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज