Advertisement

माईती नेपालको सरोकारवाला संग अन्तरक्रिया, भारतबाट १२ र सीमा नाकाबाट १ सय ३५ जनाको उद्दार

कञ्चनपुर । बेचबिखनको जोखिममा परेका २ बालक सहित १० महिलाको उद्दार गरिएको छ् । माईती नेपाल कञ्चनपुरले ६ महिनाको अवधिमा भारतबाट बेचबिखनको जोखिममा परेका २ बालक सहित १० महिलाको उद्दार हो । माईती नेपाल कञ्चनपुरको सन ०२४ जनवरी देखि जुलाई सम्मको तथ्यांक अनुसार भारतबाट २ बालक, ४ बालिका र ६ महिलाको उद्दार गरिएको छ् । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरीले ६ महिनाको अवधिमा भारतका विभिन्न शहरबाट १२जना नेपालीको उद्दार गरिएको बताईन । उनका अनुसार भारतको सुरत,खटिमा, दिल्ली,शाहजापुर, हरियाणा, राजस्थान, मुम्बैबाट १/१, पुनाबाट २ र देहरादुनबाट ३ जनाको उद्दार गरिएको छ । उनीहरुलाई आकर्षक रोजगारीदेखि विभिन्न प्रलोभनमा पारेर भारत लगेर बेच्न खोजिएपछि पीडित परिवारको निवेदनका आधारमा खोजतलासी गरेर उद्दार गरिएको छ । भारतबाट उद्दार गरिएकाहरुलाई केहीलाई पुर्नस्थापना गृह र घरपरिवारको जिम्मा लगाईएको छ । ६ महिनाको अवधिमा सीमा क्षेत्रबाट १३५ जनाको उद्दार गरिएको छ ।

गड्डाचौकीबाट ५९,दोधाराचाादनी झोपुङ्गेपुलबाट १८, चारलेन महाकाली पुल क्षेत्रबाट ११ र अन्य क्षेत्रबाट ४५ गरेर १३५ जनाको उद्दार गरिएको छ । ६१ बालबालिका सहित ७४ महिला रहेका बेचबिखनको जोखिमबाट बचाईएको छ । कञ्चनपुर जिल्लाका मात्रै ६२ र सुप प्रदेशका अन्य जिल्लाका १०८ जनालाई मानवबेचबिखन गर्ने दलाल समुहले अनेकन प्रलोभन देखाएर भारत लग्ने क्रममा रोकिएको छ । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्लाका तीन स्थान गड्डाचौकी, दोधाराचाादनीको झोलुङ्गे र चारलेन महाकाली पुल क्षेत्रमा रहेका सुचना परामर्स केन्ऽ बाफत उनीहरुलाई सोधपुछ गरेर रोकथाम गरिएको बताईन ।

३ हजार २९२ सवारी साधन चेकजााच गरेर बालबालिका सहित महिलाको उद्दार गरिएको छ । यसविचमा १५७ जनालाई मनोसमाजिक र १८ हजार मानिसलाई सीमा क्षेत्रमा परामर्स दिईएको छ । १४१ लाई पारिवारिक पुर्नमिलन, १२ जनालाई सिधै घर फकाईएको छ । हराएका १०७ मध्ये ३२ जना फेला पारेर आफन्तको जिम्मा लगाईएको छ । १९ घरेलुका हिन्सामा १२ समाधान गरिएका छन । २ जबरजस्तीकरणीका मुद्दा दर्ता गरिएका छन । माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले गरिबी, विपन्नता, देखासिकी, रातारात कमाउने योजना, नक्कली विवाह, हिन्सा, समाजिक सञ्जालको दुरुपयोग, अनेकन विकृतीदेखि विवित कारणबाट महिला एव बालबालिका बेचबिखनको शिकार बनेका छन । कञ्चनपुर खुला सीमा नाका भएकाले आफन्तबाटै बेचबिखन भईरहेको तथ्य फेला परेका छन ।

बुधबार माईती नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि लागि सरोकारवालासंग अन्तरकृया कार्यक्रममा सहभागिहरुले माईती नेपालले स्वदेश तथा विदेशबाट समेत जोखिममा परेका मानिसको उद्दार गरेको कामको प्रसंसा गरेका छन । महिला अगुवा भुवन कुावरले सरकारले गर्न नसकेको काम माईती नेपालले गरेको भन्दै प्रसंसा गरिन । उनले स्थानीय सरकारले सचेतनाका कार्यक्तम संचालनमा जोड दिईन । अधिवक्ता उद्धव भट्टले माईती नेपाल जस्तै सरकारले मानवबेचबिखन रोकथामका प्रभावकारी योजना ल्याउनुपर्नेमा विद्यमान कानुन कार्यान्वयनमा जोडदिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक टेकराज शर्माले मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा नाकामा २४ सै घण्टा सेवा देखि सचेतनाका कार्यक्तममा जोडदिए । उनले विश्वभरी मानव बेचबिखनको समस्या भएकाले रोकथामका लागि समुदायदेखि सरकार सबै सकृय हुनुपर्नेमा जोडदिए ।

महिला बालबालिका क्षेत्रमा कार्यरत महिला अगुवा जानकी चन्दले सरोकारवालाको संयुक्त प्रयासबाट मानव बेचबिखन रोकथाम गर्न सकिने भएकाले समन्वय आवश्यक रहेको बताईन ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज