Advertisement

नगर दलित समन्वय समिति दोधारा चाँदनीद्धारा बिरामीहरुको उपचारमा सहयोग

दोधारा । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न समस्या भएकाहरुलाई आर्थिक सहयोग गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका ४ जना बिरामीलाई नगर दलित समन्वय समिति दोधारा चाँदनीले आर्थिक सहयोग गरेको हो । अतिविपन्नताको कारण उपचार गर्न समस्या भएर घरमै थलिएका पदमी ओड, सुरेश सुनार, नर बहादुर बिक, कालु देबी चदारोलाई नगर दलित समन्वय समिति दोधारा चाँदनीले प्रत्येक बिरामीलाई रु. १० हजारको दरले ४ जना बिरामीलाई रु. ४० हजार रकम बितरण गराईएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नगर दलित समन्वय समिति दोधारा चाँदनीका संरक्षक भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् ।

दलितहरुको हकहितका लागी स्थापना गरिएको नगर दलित समन्वय समितिले आर्थिक सहयोग संकलन गरि कोष तयार गरि विपन्नताको कारण उपचार गर्न सकस भएकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समितिको कोषबाट सहयोग गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । प्रत्येक वर्ष विपन्नता भएकाहरुलाई सहयोग गर्ने कार्यक्रममा निरन्तरता ल्याउने आफुहरुको प्रयास गर्दै आएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी पदमी ओड क्यान्सर पिडित, वडा नं. ३ निवासी सुरेश सुनार मृगौला पिडित, वडा नं. ८ का अपांगताका भएका नर बहादुर बिक र वडा नं. १० निवासी कालु चदारो क्यान्सरबाट पिडित रहेका छन् ।

उनिहरुको अवस्था बुझेर समितिको निर्णय अनुसार घर–घरमा पुगेर उपचारको लागी आर्थिक सहयोग गरिएको नगर दलित समन्वय समितिका संयोजक टिकाराम सार्कीले बताउनुभएको छ् । उपचार गर्न नसकेर उनिहरुको जिवन कष्टकर बन्दै गएको कारण थोरै भएपनि पिडामा मलहम लगाउने प्रयास गरिएको नगर दलित समन्वय समितिका संयोजक सार्कीको भनाई रहेको छ् ।

उहाँले दलित हकहितको लागी गरिदै आएका अन्य कार्यक्रमहरु समय अनुकुल फेरबदल गर्दै आएपनि विपन्नताको कारण उपचार गर्न सकस भएका दलित समुदायका ब्यक्तीहरुलाई सहयोग गर्ने कार्यक्रम भने निरन्तरता दिदै आउने प्रतिबद्धता जाहेर गर्नुभएको छ् ।

पिडामा रहेका बिरामीहरुले आर्थिक सहयोग पाएसंगै नगर दलित समन्वय समितिलाई धन्यबाद दिएका छन् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज