दोधारा चाँदनीको पटरा खल्ला, शान्ती टोल र सुर्खेती टोल, बैतिफाँटा डुवानमा
दोधारा । अविरल वर्षा संग जगबुडा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका– ३ पटरा खल्लाका २७ घरपरिवार फेरि बिस्तापित भएका छन् । बस्तीमा पानी पस्न थालेपछि उनिहरु आफुलाई चाहिने अत्तिआवश्यक सामग्री लिएर नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका छन् । गत असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा ठुलो धनमालको क्षती बनाएको हो । घर आँगनमा पानी सुकेपछि आश्रय स्थलबाट घर फर्केका पटरा खल्लाका बाढीपिडितहरु फेरि आज जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बसेका छन् ।
यस्तै दोधारा चाँदनी नगरपालिका– १० शान्ती टोल, बैतिफाँटा, सुर्खेती लगाएत टोल डुवानमा परेपछि सो बस्तीका स्थानियहरुलाई अम्बिका माध्यमिक बिद्यालयमा सारिन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । बिस्तापित भई आश्रय स्थलमा बस...




















