दोधारा चाँदनीमा २ सय ७ बाढीपिडित घरपरिवारलाई पेशवानले दियो खाद्य सामग्री
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको छ्् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्य र पेशवान नामक गैरसरकारी संस्था र सेभ द चिल्ड्रेनको सहयोगमा दोधारा चाँदनी नगरपालिकाका २ सय ७ जना बाढी प्रभावित भएकाहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको छ् । गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षा संगै जगबुडा नदीले प्रभावित बनाएकाहरुलाई दोधारा चाँदनी नगरपालिकाको सहकार्य र पेशवान र सेभ द चिल्ड्रेनको सहयोगमा राहत स्वरुप खाद्यान्न सहयोग गरिएको पेशवानको आकस्मिक तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले जानकारी दिनुभएको छ् । बाढीपिडितहरुलाई चामल, दाल, खाने तेल, नुन, झुल, हाईजेनिक किट लगाएत सामग्री सहयोग गरिएको पेशवानको आकस्मिक तयारी तथा प्रतिकार्य परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले बताउनु भएको...




















