Advertisement

शिक्षा

एसईई परीक्षाको प्रश्नपत्र हल गरीरहेका एक शिक्षक पक्राउ

एसईई परीक्षाको प्रश्नपत्र हल गरीरहेका एक शिक्षक पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमला रहेका छन्। प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए। प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहकाअनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। उक्त प्रश्नपत्र बिहान ९ः३५ बजे मोबाइलमा आएको खुलेको छ। ‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनले कसैलाई चिट चोराएको भने देखिएको छैन,’ प्रहरी निरीक्षक सिंहले भने। यस घटनाबारे परीक्षा समिति र सम्बन्धित निकायलाई जानकारी गराइएको छ। प्रहरीले अर्को एक व्यक्ति आ...
बैतडीबाट पहिलो दिनको एसईई परीक्षामा ८६ प्रतिशत विद्यार्थी सहभागि भए

बैतडीबाट पहिलो दिनको एसईई परीक्षामा ८६ प्रतिशत विद्यार्थी सहभागि भए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
किरन चन्द, बैतडी–आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा(एईई) सुरु भएको छ । बैतडी जिल्लाबाट ८६ प्रतिशत विदार्थीले आज भएको एसईई परीक्षामा उपस्थीत अर्थात सहभागि भएका छन् । ५ हजार ३ सय ६२ जना विद्यार्थीले एसईईको परीक्षा फरम भरेको भएता पनि आज भएको पहिलो दिनको परीक्षामा ४ हजार ६ सय ४४ जना विद्यार्थीमात्रै सहभागि भएका हुन् । पहिलो दिनको परीक्षमा ७ सय १८ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिनुभयो । उनका अनुसार १३ दशमलव ६१ प्रतिशत अनुपस्थित भएका हुन् । साधारण तर्फ ४ हजार ९१ जनाले फरम भरेकोमा एक हजार ९ सय ५४ जना छात्र र २ हजार ६६ जना छात्रा गरी ४ हजार २० जना मात्रै परीक्षामा सहभागि भएका छन भने २० छात्र ५१ छात्रा गरी ७१ जना विद्यार्थी अनुपस्थीत भएको सूचना अधिकारी शर्माले बताउनुभयो । त्यसैगरी ग्रेडबृद्धिका लागि १ हजार ५५ जनाले ...
महेश्वर माविमा सिटिजन्स् बैंकद्वारा प्रोजेक्टर सहयोग प्रदान

महेश्वर माविमा सिटिजन्स् बैंकद्वारा प्रोजेक्टर सहयोग प्रदान

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयलाई सिटिजन्स् बैंकले प्रोजेक्टर सहयोग प्रदान गरेको छ । विद्यार्थीको पठनपाठनलाई सूचना प्रविधिमैत्री बनाउन सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले १ थान प्रोजेक्टर सहयोग गरेको हो । कक्षाकोठाको शैक्षणिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउँदा सिकाइ उपलब्धि बढ्ने विश्वास गरिन्छ । विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयलाई प्रोजेक्टर सहयोग गरिएको महेन्द्रनगर शाखा प्रमुख शंकरप्रसाद जोशीले जानकारी दिए । कार्यक्रममा शाखा प्रमुख जोशीले १ थान प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरे । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका १९८ वटा शाखा, १६३ वटा एटीएम,...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले जिल्लामा एसईई परीक्षाको तयारी पुरा भएको बताउनुभयो । उहाँले जिल्लाका ३७ वटा परीक्षा केन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिकासहितका परीक्षाका सम्पूर्ण सामाग्रि पु¥याईसकिएको बताउनुभयो । ‘जिल्लाका सबै परीक्षाकेन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सम्पूर्ण समाग्रि पु¥याईसकेका छौ,’ ईकाईका शाखा अधिकृत भट्टले भन्नुभयो, ‘आज पनि परीक्षा केन्द्रका केन्द्राध्यक्षसंग वरेन्टेसन सम्पन्न ग¥यौ, परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।’ अधिकृत दशरथ भट्टले नियमिततर्फ ८ हजार ६ सय ४९ जना, ग्रेडबृद्धितर्फ २ हजार ४ सय ४३ जना र प्राविधिक धारतर्फ २ सय ९ जना विद्यार्थी गरी ११ हजार ३ सय १ जना विद्यार्थी एईई परीक्षामा सहभागी हुने बताउनुभयो । शाखा अधिकृत भट्टका अनुसार नियमिततर्फ ४ हजार ८० ...
सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल : प्रधानमन्त्री ओली

सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल : प्रधानमन्त्री ओली

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल भएको बताउनु भएको छ । आईतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधामन्त्री ओलीले सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक संरचना भएको र धार्मिक दृष्टीकोणले पनि सुदूरपश्चिम उद्धगम स्थल रहेको बताउनुभएको हो । ‘प्राचिनकालमा वेदव्यासले महाकाली नदिको पुर्वी किनारमा बसेर, लामो तपस्या गरेकाले व्यास हिमाल नामाकरण गरिएको हो,’ प्रधानमन्त्री ओली भन्नुभयो ‘सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक धार्मिक दुष्ट्रिकोणले पनि उद्धगमस्थल छ, तपाईहरुले आफ्नो जन्मभुमिको लागि गर्ने बेला आएको छ ।’ सुपमा अपी हिमाल, लगायतका थुप्रै प्रर्यटकिय स्थल रहेको उहाँले बताउनुभयो । प्रधामन्त्री ओलीले उत्कृष्ठ नतिजा हासिल गरेर दिक्षित हुन सफल भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।...
भृकुटी माविमा कक्षा १० को एसईई र कक्षा ८ को बोर्ड परिक्षालाई मध्यनजर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन

भृकुटी माविमा कक्षा १० को एसईई र कक्षा ८ को बोर्ड परिक्षालाई मध्यनजर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरको भृकुटी माविले एसईई र कक्षा ८को बोर्ड परीक्षा दिने कमजोर विद्यार्थीलाई मध्यनगर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन गरेको छ । भृकुटी माविले प्रधानाध्यापक केशर सिंह महराको संयोयजकत्वमा एसईईको र सहायक प्रधानाध्यापक चक्र बहादुर महराको संयोजकत्वमा कक्षा ८ को ट्यूसन संयोजकको जिम्मेवारी दिदै बिभिन्न विषयका विहान र साझको समयमा निशुल्क ट्यूसन कक्षा संञ्चालन गरेको हो । निशुल्क ट्यूसन कक्षा अन्तरगत एईईको लेखा तथा कार्यालय संञ्चालन विषय रामदत्त अवस्थी, गणित विषय चक्र बहादुर महरा, अंग्रेजी विषय प्रअ केशर सिंह महरा, विज्ञान विषय लक्ष्मी भट्ट, सामाजिक विषय चन्द्र प्रकाश जोशी, नेपाली विषय हरी प्रसाद जोशी र ईन्द्रदेव पाठकले पढाईरहनुभएको छ । ट्यूसन कक्षामा विद्यार्थीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको कक्षा आठका ट्यूसन संयोजक चक्र महराले बताउनुभयो । कमजोर विद्यार्थीलाई मध्यनजर राख...
शारदा विद्यापिठ क्याम्पस प्रमुखमा जोशी

शारदा विद्यापिठ क्याम्पस प्रमुखमा जोशी

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – शारदा विद्यापिठ क्याम्पसको प्रमुखमा उपप्राध्यापक हरिलाल जोशी नियुक्त भएका छन । नेपाल सस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस शारदा विद्यापिठ क्याम्पस महेन्द्रनगरको प्रमुखमा जोशी नियुक्त भएका हुन । जोशीलाई उपकुलपति कार्यालयले क्याम्पस प्रमुखको जिम्मेबारी दिएको जनाएको छ । क्याम्पस प्रमुखको जिम्मेबारी पाएका शारदा विद्यापिठ क्याम्पस प्रमुख हरिलाल जोशीले संस्कृत, ज्योतिस विद्या सहित क्याम्पस शैक्षिक गुणस्तर बृद्धि बृद्धि विकासदेखिका कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।...
भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन गरिएको छ । शुक्रबार अभिभावक भेलाबाट नमिता दैलेखीको नेतृत्वमा दश सदस्यीय शिक्षक अभिभावक संघको सर्वसम्मतरुपमा पुर्नगठन गरीएको हो । भेलाबाट सदस्यमा धन बहादुर बोहरा, धाना भट्ट, सुर्जा केसी, लक्ष्मण वादी, पुनम राना, महेश्वरी धामी, संगीता वादी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रि, प्रधानाध्यापक केशर सिंह महरा र शिक्षकहरुको तर्फबाट हिरा भट्ट पदेन सदस्यको रुपमा चयन भएका छन । उक्त भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा प्रधानाध्यापक केशर सिंह महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य डम्बर खड्का लगायतका उपाधिकारी अतिथि रहेका थिए । उक्त भेलामा सयौ अभिभावको साथै शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ...
आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुरको पर्या–पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । महोत्सवको सुदूपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर रानाले समुद्धघाटन गरेका छन् । सात दिनसम्म चल्ने महोत्सवको सुपको लोकसंस्कृती झल्किने झागि प्रदर्शनसहित समुद्धघाटन गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सभा सदस्य बेलबहादुर रानाले पर्यटनका माध्यमबाट आम्दानी वृद्धि गर्न गरीएको कार्यक्रम सराहनीय रहेको बताउनुभयो । उनले तीनै तहका सरकारको संयुक्त साझेदारीमा पर्यटकीय कामकाज अघि बढाउनुपर्ने जोडदिएका छन् । भीमदत्त नगरका प्रमुख पदम बोगटीले निकुञ्ज जिल्लाका अन्य पालिकासँगै जोडिएको भए पनि भीमदत्त नगर जेठो पालिका भएकाले आफैँले दायित्व लिएर कार्यक्रम सञ्चालन गरेको बताए । मेयर बोगटीले पर्यटकीय सम्भावना बोकेको शुक्...
लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्दै

लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्दै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १५स्थित लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्ने भएको छ । विद्यालयको सर्वाङ्गिण विकाशको लागि बिहिबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सवको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति संयोजक विरेन्द्र सिंह साँउदले बताउनुभयो । बुधबार पत्रकार सम्मेलको आयोजन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका साँउदले विद्यालयको भौतिक पुर्वाधार, संस्थागत विकास देखि विद्यालयमा छात्रावास निर्माण गर्न र न्यून आय श्रोत भएका तथा अब्बल विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नका लागि अक्षयकोष स्थापना गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ महायज्ञको आयोजना गरिएको बताउनुभयो । महायज्ञले समाजमा एकआपसमा सद्धभाव, मित्रता र भाईचारा सम्बन्ध कायम गर्न सहयोग पुग्ने मुल आयोजक समिति सं...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज