Advertisement

लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्दै

महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १५स्थित लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्ने भएको छ । विद्यालयको सर्वाङ्गिण विकाशको लागि बिहिबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सवको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति संयोजक विरेन्द्र सिंह साँउदले बताउनुभयो ।
बुधबार पत्रकार सम्मेलको आयोजन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका साँउदले विद्यालयको भौतिक पुर्वाधार, संस्थागत विकास देखि विद्यालयमा छात्रावास निर्माण गर्न र न्यून आय श्रोत भएका तथा अब्बल विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नका लागि अक्षयकोष स्थापना गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ महायज्ञको आयोजना गरिएको बताउनुभयो । महायज्ञले समाजमा एकआपसमा सद्धभाव, मित्रता र भाईचारा सम्बन्ध कायम गर्न सहयोग पुग्ने मुल आयोजक समिति संयोजक साउदले बताउनुभयो ।

अक्षयकोषको लागि सूरमा विद्यालयका स्टाफहरु नै मिलेर सुरुवात गर्ने विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर चन्दले बताउनुभयो । विद्यालयको समग्र विकासका लागि महोत्सवको आयोजना गरीएको उहाँले बताउनुभयो । प्रअ चन्दले विद्यालयको पठन पाठन प्रभावित नहुने गरेर शैक्षिक ज्ञान विज्ञान महोत्सव संचालन गरीएको बताउनुभयो ।

विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य गोबिन्द नाथ(महाराज)ले विद्यालयको खस्किदोक्रममा रहेको विद्यालयको शैक्षिक गुणस्तरलाई कसरी माथि उकास्न सकिन्छ भनेर विद्यालयसंग समन्वय गरेर महायज्ञको आयोजना गरिएको बताउनुभयो । उहाले महायज्ञमा हुने कार्यक्रमको सम्पूर्ण क्रियाकलापको बारेमा जानकारी दिनुभयो । विद्यालयको बृद्धि विकासका लागि आयोजना गरिएको महोत्सव सफल पार्न त्यहाका स्थानीय कम्मरकसेर लागि परेका छन् ।

 

महायज्ञले अभिभावक, शिक्षक र विद्याथीहरुमा अध्यात्मिक चेतनाको विकास, सनातन धर्म सस्कृतिको जगेर्नामा टेवा पुग्ने, विद्यार्थी  अभिभावकलाई आफ्नो जिम्मेवारी बोध गराउने स्थानिय एवं घटाल मावि सुडाका पुर्व प्रअ नरेन्द्र सिह भण्डारीले बताउनुभयो । 

कलश शोभा यात्रा फागुन ८ गते विहान ८ बजे, समुद्घाटन फागुन ८ गते दिउसो १२ बजे, प्रत्येक दिन कथा बाचन विहान ११ बजेदेखि ४ बजेसम्म, आरती प्रत्येक दिन साढे ४ बजे, योग विज्ञान शिविर प्रत्य्क दिन साँझ ५ बजे मुलपाठ प्रात ७ बजेदेखि ११ बजेसम्म र एक हजार आठ शालीग्राम दर्शन तथा प्रदक्षिणा प्रत्येक दिन प्रापत ७ बजेदेखि साझ ७ बजेसम्म, विद्यार्थीहरुको कला प्रदर्शन प्रत्येक दिन विहान १०देखि ११ बजेसम्म र साँझ ७ बजेदेखि १० बजेसम्म अन्तराष्ट्रिय कलाकारहरुबाट कला प्रदर्शन गरिने कार्यक्रम तालिका रहेको छ । महोत्सवमा विश्वहिन्दु महासंघ अन्तराष्ट्रिय प्रभारी हरीशरण महाराज सहितका बक्ताले प्रवचन दिने आयोजकले जानकारी दिएको छ । महोत्सव ७ दिनसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज