Advertisement

आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

महेन्द्रनगर–शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुरको पर्या–पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । महोत्सवको सुदूपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर रानाले समुद्धघाटन गरेका छन् । सात दिनसम्म चल्ने महोत्सवको सुपको लोकसंस्कृती झल्किने झागि प्रदर्शनसहित समुद्धघाटन गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सभा सदस्य बेलबहादुर रानाले पर्यटनका माध्यमबाट आम्दानी वृद्धि गर्न गरीएको कार्यक्रम सराहनीय रहेको बताउनुभयो । उनले तीनै तहका सरकारको संयुक्त साझेदारीमा पर्यटकीय कामकाज अघि बढाउनुपर्ने जोडदिएका छन् । भीमदत्त नगरका प्रमुख पदम बोगटीले निकुञ्ज जिल्लाका अन्य पालिकासँगै जोडिएको भए पनि भीमदत्त नगर जेठो पालिका भएकाले आफैँले दायित्व लिएर कार्यक्रम सञ्चालन गरेको बताए । मेयर बोगटीले पर्यटकीय सम्भावना बोकेको शुक्लाफाँटामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा जोड दिएका छन् । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका वर्षहरू जस्तै यस वर्ष पनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सवको निरन्तरता दिएको बताउदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर महोत्सवको आयोजनाका लागि सरोकारवाला सबै निकायसंग समन्वय गरएको बताउनुभयो ।

भोली निकुञ्जभित्र भारतीय पत्रकारसहितका सरोकारवालाहरूलाई भ्रमण, ११ गते एयरपोर्टदेखि निकुञ्जसम्म सरसफाइ, १२ गते डिजिटलमार्फत निकुञ्जको प्रचारप्रसार, १३ गते निकुञ्सम्बन्धी निबन्ध प्रतियोगिता, १४ गते पर्यटनबारे सरोकारवालासँग छलफल र अन्तिम दिन १५ गते निकुञ्जका कर्मचारी र भीमदत्त नगरका जनप्रतिनिधिबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता राखेर समापन गरिनेछ ।
फागुन १२ गतेदेखि उद्योग बाणिज्य संघले आयोजना गर्ने कञ्चनपुर औद्योगिक व्यपार मेलामा आउने राष्ट्रिय कलाकारहरूलाई निकुञ्ज अवलोकन गराइने योजना भीमदत्त नगरपालिकाको रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज