Advertisement

एसईई परीक्षाको प्रश्नपत्र हल गरीरहेका एक शिक्षक पक्राउ

महेन्द्रनगर–कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमला रहेका छन्। प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहकाअनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। उक्त प्रश्नपत्र बिहान ९ः३५ बजे मोबाइलमा आएको खुलेको छ।

‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनले कसैलाई चिट चोराएको भने देखिएको छैन,’ प्रहरी निरीक्षक सिंहले भने। यस घटनाबारे परीक्षा समिति र सम्बन्धित निकायलाई जानकारी गराइएको छ। प्रहरीले अर्को एक व्यक्ति आफैं प्रहरी कार्यालयमा आएको भए पनि घटनामा उनको संलग्नता नदेखिएको जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज