Advertisement

शिक्षा

नेपालको आर्थिक विकासबारे पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक

नेपालको आर्थिक विकासबारे पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं– नेपालको आर्थिक समृद्धि र दिगो विकासका लागि आवश्यक रणनीति तथा उपायहरू प्रस्तुत गर्ने पुस्तक ‘KEYS OF HOW TO DEVELOP NEPAL’ सार्वजनिक भएको छ। यो पुस्तक अर्थविद् शेरजंग बहादुर चन्द द्वारा लिखिएको हो भने इन्दिगो इन्क द्वारा प्रकाशित गरिएको छ। नेपाललाई समृद्ध बनाउने दीर्घकालीन योजना, नीति तथा कार्यान्वयनका उपायहरू पुस्तकमा विस्तृत रूपमा समेटिएका छन्। पुस्तकमा औद्योगिक विकास, व्यापार प्रवर्द्धन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक पूर्वाधार सुधार, सञ्चार तथा प्रविधिको प्रवर्द्धन, सहरी तथा ग्रामीण विकास, शिक्षा तथा स्वास्थ्य सुधार, अन्तर्राष्ट्रिय व्यापार विस्तार जस्ता विषय समेटिएका छन्। औद्योगिक क्षेत्रको प्रवर्द्धनका लागि पुस्तकले साना तथा ठूला उद्योगहरूको विकासमा जोड दिएको छ। सरकारी-निजी साझेदारी (PPP) मार्फत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै निर्यात वृद्धिका उपायहरू पुस...
कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशउत्कृष्ट बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१ दशमलव ६ प्रतिशत अंक पाएर उत्कृष्ट हुन सफल भएको हो । आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो । अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यसपटक दोस्रो भएको छ । उसले ५० दशमलव ९ अंक प्राप्त गरेको छ । यस्तै, ४५ दशमलव ६ अंक पाएको बागमती तेस्रो, ४१ दशमलव ६ अंक पाएको कर्णाली चौथो, ४० दशमलव ८ अंक पाएको गण्डकी पाँचौँ, ३५ दशमलव ९ अंक पाएको लुम्बिनी छैटौँ र ३० अंक पाएको मधेश पुछारमा छ । यस्तै स्थानीय तहहरुमा देशभरमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो भएको छ । अमरगढी नगरपालिकाले ८१ दशमलव ७ अंक ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै उत्कृष्ट पाँच स्थानीय तहमा अमरगढीसँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँ...
नेपाल बीमा प्राधिकरणद्धारा कञ्चनपुरका पत्रकारसंग अन्तरक्रिया

नेपाल बीमा प्राधिकरणद्धारा कञ्चनपुरका पत्रकारसंग अन्तरक्रिया

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरुसंग अन्तरकृया कार्यक्रम गरेको छ । शुक्रबार महेन्द्रनगरमा बीमा प्राधिकरणले नेपाल पत्रकार महासंघ सुप प्रदेश र जिल्ला कार्यसमितिसंगको सहकार्यमा पत्रकारहरुसंग बीमाको महत्वका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।   नेपाल बीमा प्राधिकरण सुप प्रदेशका प्रमुख ह्दय पण्डितले बीमा कम्पनी र बीमाका सेवाग्राहीविच आउने समस्या बारे सहि सत्यतथ्य सुचना तथा समाचार संम्प्रेषण होस भन्ने उदेश्यका साथ सचारकर्मीसंग छलफल तथा अन्तरक्रिया गरिएको बताउनुभयो । नेपाल पत्रकार महासंघ सुप प्रदेशका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, कञ्चनपुर अध्यक्ष सुरेश सिह धामीले पत्रकारहरुलाई कार्यक्रमबाट विमाको बारेमा थप जानकारी मिलेकोले बीमासम्बन्धी समाचार संकलनमा सहज हुने बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारक...
भृकुटी मावि ५५ औं बार्षिकोत्सव सम्पन्न, पूर्व शिक्षक सम्मानित

भृकुटी मावि ५५ औं बार्षिकोत्सव सम्पन्न, पूर्व शिक्षक सम्मानित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको ५५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । बिहीबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा भीमदत्त नगरपालिकाका नगर उप - प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यतामा ५५ औं बार्षिकोत्सव सम्पन्न भएको हो । बार्षिकोत्सव कार्यक्रममा विद्यालयका पूर्व शिक्षक मदन सिंह धामी, हर्क बहादुर धामी र जयराज जोशीलाई सम्मान तथा सम्मान पत्र प्रदान गरिएको छ । उहाँहरुलाई  टिका माला र दोसल्ला ओडाएर सम्मान गरिएको हो । बार्षिकोत्सव कार्यक्रममा  जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ५ जना विद्यार्थीलाई विद्यालयले ८सयको दरले छात्रवृति प्रदान गरेको छ ।  विद्यालयमा  विभिन्न व्यक्तित्वले स्थापना गरेको ६ वटा कोषबाट ६जना विद्यार्थीले छात्रवृति प्राप्त गरेका छन् । कार्यक्रममा कक्षा १देखि १२ सम्म कक्षामा प्रथम द्वितीय र तिर्तिय स्था...
महेन्द्रनगरमा बुधबारबाट एलबिए क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगरमा बुधबारबाट एलबिए क्रिकेट प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी को आयोजनामा बुधबारदेखि एलबिए टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनपुर कर्बडहलको प्राङगणमा भोली(बुधबार)देखि एलबिए टि २०क्रिकेट प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ । आयोजक एलविए ले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।  लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले विगतदेखि गर्दै आएको क्रिकेट प्रतियोगिताको निरन्तरता स्वरुप अहिले सातौँ संस्करण अनुरुप गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार आयोजक विद्यालय टिम सहित १६ टिमविच प्रतिस्पर्धा हुनेछ । अधिकाँस विद्यालयकै टिम सहभागि भएका छन । लिगचरण अनुरुप खेल खेलाईनेछ । क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगि...
मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

मुक्ति समाज भीमदत्त नगर अध्यक्षमा सार्की चयन

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– नेपाल उत्पीडित जातीय मुक्ति समाजको भीमदत्त नगर अध्यक्षमा मदन सार्की चयन भएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार सम्पन्न नगर सम्मेलनबाट सार्कीको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरिएको हो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु कृपाराम रान, नर बहादुर धामी, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, मुक्ति समाजका केन्द्रीय सदस्यहरु तेज बिक, रमेश तिरुवा, एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द, मुक्ति समाज कञ्चनपुरका कार्य वाहक अध्यक्ष राजेन्द्र आग्री, समाजका अनुशासन आयोग सदस्य तारा रैकाल, अमिर तिरुवा, सुनकेसा नेपाली, लक्ष्मी ताम्रकार, महेश भट्ट लगायतका सहभागी भए । मुक्ति समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यतामा सम्मेलन गरिएको छ । समाजका कावा अध्यक्ष राजेन्द्र आग्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रम...
सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गरिएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर १५ माघदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव समापन गरिएको हो । नेपाल उद्योग व्यापार महासंघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा संचालन भएको महोत्सवमा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीको प्रमुख आथित्यतामा समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि समेत...
सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन हुँदै, विभिन्न १३ देशका एक सय ६८ अनुसन्धानकर्ताले शोधपत्र प्रजेन्टेसन गर्ने

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन हुँदै, विभिन्न १३ देशका एक सय ६८ अनुसन्धानकर्ताले शोधपत्र प्रजेन्टेसन गर्ने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आजदेखि सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । आज आईआईटी इन्डीयाको सहयोगमा सुदूरपश्चिम विश्वविद्यालयले शुक्रबारदेखि हेरीटेज, ईन्नोभेसन एण्ड ट्रान्सईन्र्फमेसन(सभ्यता, नविनतम विकास र स्थानान्तरण) विषयमा अन्र्तराष्ट्रिय स्तरको दोस्रो सम्मेलनको आयोजना गर्न लागेको हो । विश्वविद्यालयले विहिबार ६ बजे पत्रकारसम्मेल गरी शुक्रबारदेखि आईतबारसम्म चल्ने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको छ । शिक्षा, सम्यता, कला र संस्कृति लगायतका समसायिक विषयमा विश्वव्यापी रुपमा चलिरहेको अवस्था बारे एक आपसमा ज्ञानको आदानाप्रदान गर्ने उदेश्य लिएर सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजनक समिति संयोजक विश्वविद्यालयका ईन्जिनियरिङ्ग संकायका डिन एवं प्राडा किसनदत्त भट्टले बताउनुभयो । ‘विश्वभरीको नेटवर्क विस्तार गर्न खोजिएको छ, ‘उनले भने, ‘सम्मेलनमा उठान हुने विषयले एक आपसम...
क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा ल्याएका छन । बिहीबार क्याप्टेन उप्रेतीले महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पाईलट जिवनमा आधारीत पुुस्तक ‘पायलट प्रेम’ बिनोचन गरेका हुन् । कोरोना महामारीका बेला ईण्डोनेसियामा हुदा पाईलटको जिवनमा आधारित उपन्यास ‘पायलट प्रेम’ रचना गरिएको क्याप्टेन उप्रेतीले बताउनुभयो । उपन्यासमा विद्यार्थी जीवनबाट पायलट पेषामा कसरी आकर्षक हुन्छन् ?, अनि पायलट बन्न केके गर्नुपर्छ ? नेपालको परिपेक्षमा कति पढ्नुपर्छ ? खास गरी पायलट जिवनमा आउने चुनौती र सम्भावना लगायतका विषयको खुल्दुली मेटाउन साहित्यिक भाषामा चित्रण गरीएको उहाँले उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक ‘पायलट प्रेम’ बजारमा आएको बताउनुभयो...
बेदकोट नगरपालिका र भारतीय दुतावासको सहयोगमा उदयदेव माध्यामिक विद्यालयमा ५ करोडको भवन बन्ने

बेदकोट नगरपालिका र भारतीय दुतावासको सहयोगमा उदयदेव माध्यामिक विद्यालयमा ५ करोडको भवन बन्ने

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेदकोट नगरपालिका र भारतीय दुतावासको संयुक्त सहयोगमा उदयदेव माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवन निर्माण हुने भएको छ । बेदकोट नगरपालिका वडा नं. ९ सुन्दरपुरमा रहेको उदयदेव माध्यामिक विद्यालयमा ५ करोडको पूर्वाधार(भवन) निर्माण गर्न भारतीय दुतावासले विद्यालयको प्रस्तावना समर्थन गरेपछि शैक्षिक भवन निर्माण हुने भएको हो । विद्यालयको ५ करोडको भवन निर्माण गर्न १० प्रतिशत बेदकोट नगरपालिकाले र बाकि भारतीय दुतावासले बेहोर्ने प्रस्तावनामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले नगरका सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि पूर्वाधार निर्माण गर्न दुताबासमा दुई विद्यालय उदयदेव मावि र शारदा माविको प्रस्तावना पेश गरिएको बताए । ‘हामीले दुई विद्यालयको प्रपोजल पेश गरेका थियौँ, ‘नगर प्रमुख बोहराले भने, अहिले दुताबासले उद्यदेवको प्रस्तावना ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज