सुदूरपश्चिम विश्वविद्यालयका १२ क्याम्पसको स्ववियू निर्वाचन नतिजा सार्वजनिक, नेविसंघले ७, अनेरास्ववियूले ५ क्याम्पसमा सभापति जित्दा अखिल क्रान्तिकारी निल
महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयका १२ आंगिक क्याम्पसको स्ववियू निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सुप विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा चैत्र २७ गते स्ववियू निर्वाचन भएको थियो । नतिजा सार्वजनिक भएका क्याम्पसमध्ये ७ क्याम्पसमा नेपाली कांगेस निकटको नेविसंघ, एमाले निकटको अनेरास्ववियूले ५ क्याम्पसको स्ववियू सभापतिमा जित दर्ता गर्दा अखिल क्रान्तिकारी भने निल भएको छ ।
कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरीया, बैतडीको जगन्नाथ बहुमुखि क्याम्पस गोठलापानी, मणिलेक क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखि क्याम्पस जोगबुडा, दार्चुला बहुमुखी क्याम्पस, डोटीको स्तिाराम बहुमुखी क्याम्पस, बाजुराको बडीमालिका बहुमुखी क्याम्पसमा नेविसंघले सभापति जित्दा अनेरास्ववियूले बझाङको जयपृथ्वि बहुमुखी क्याम्पस, बैतडीको पाटन बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर बहुमुख...




















