Advertisement

भृकुटी माविमा कक्षा १० को एसईई र कक्षा ८ को बोर्ड परिक्षालाई मध्यनजर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन

महेन्द्रनगर–महेन्द्रनगरको भृकुटी माविले एसईई र कक्षा ८को बोर्ड परीक्षा दिने कमजोर विद्यार्थीलाई मध्यनगर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन गरेको छ । भृकुटी माविले प्रधानाध्यापक केशर सिंह महराको संयोयजकत्वमा एसईईको र सहायक प्रधानाध्यापक चक्र बहादुर महराको संयोजकत्वमा कक्षा ८ को ट्यूसन संयोजकको जिम्मेवारी दिदै बिभिन्न विषयका विहान र साझको समयमा निशुल्क ट्यूसन कक्षा संञ्चालन गरेको हो ।
निशुल्क ट्यूसन कक्षा अन्तरगत एईईको लेखा तथा कार्यालय संञ्चालन विषय रामदत्त अवस्थी, गणित विषय चक्र बहादुर महरा, अंग्रेजी विषय प्रअ केशर सिंह महरा, विज्ञान विषय लक्ष्मी भट्ट, सामाजिक विषय चन्द्र प्रकाश जोशी, नेपाली विषय हरी प्रसाद जोशी र ईन्द्रदेव पाठकले पढाईरहनुभएको छ । ट्यूसन कक्षामा विद्यार्थीहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको कक्षा आठका ट्यूसन संयोजक चक्र महराले बताउनुभयो ।
कमजोर विद्यार्थीलाई मध्यनजर राख्दै ट्यूसन कक्षा संञ्चालन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिले बताउनुभयो । ‘हामीले खासमा कमजोर विद्यार्थीहरुलाई मध्यनजर गरी ट्यूसन कक्षा सञ्चालन गरेका हौँ,’ अध्यक्ष आग्रिले भन्नुभयो ‘शिक्षक तथा सरहरुले पनि मिहिनेतका साथ पढाईरहनु भएको छ, साझ विहान जसको जतिबेला समयमिल्छ त्यहि समयमा कक्षा सञ्चालन गरेका छौ ।’
उहाँले विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्नका लागि विद्यालय व्यवस्थापन समिति लगायत शिक्षक र पिटिएको टिमले आ–आफ्नो क्षेत्रबाट काम गरीरहेको बताउनुभयो । ‘विद्यालयको शैक्षिक गुणस्तर कसरी हुन्छ बृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समिति लगायत शिक्षक र पिटिएको टिमले आफ्नो÷आफ्नो जिम्मेवारी निर्वाह गरीरहेको छ,’ अध्यक्ष आग्रिले भन्नुभयो ‘भृकुटी स्कूलको शैक्षिक गुणस्तर बृद्धिका लागि कुनै कसर बाकि राख्दैनौ ।’
पिटिएको टिमले आफ्नो गर्ने कार्य कक्षा अनुगमनदेखि लिएर विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि विभिन्न कार्य गरीरहेको पिटिए सदस्य धन बहादुर बोहराले बताउनुभयो । ‘पिटिएको टिमले कक्षा अनुगमन गर्ने कार्य गरीरहको छ, आजपनि विभिन्न कक्षाहरुको अनुगमन गरेका थियौ,’ पिटिए सदस्य बोहराले भन्नुभयो ‘विद्यालयमा राम्रा शिक्षक छन् तर किन नतिजा उत्कृष्ट आइरहेको छैन् त्यसको लागि के गर्नुपर्छ पिटिएको मिटिङ बसेर छलफल गछौ र थप निर्णय लिनेछौ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज