Advertisement

सुदूरपश्चिममा ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

महेन्द्रनगर–जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक विक्रेता मार्फत उक्त सङ्ख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो। हालसम्म पुस्तक बिक्रीबाट रु आठ करोड ३१ लाख आम्दानी भएको जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए ।

‘हामीले यही चैत १७ गतेदेखि पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री सुरु गरेका थियौँ,’ उहाँले भन्नुभयो ‘पहाडी जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा पाठ्यपुस्तक गइसकेको छ। डोटी र डडेल्धुरामा बाँकी रहेको पाठ्यपुस्तक गइरहेको छ। शैक्षिकसत्र अगावै सबै जिल्लामा पुस्तक पुग्छ।’

कञ्चनपुरमा चैत २६ गतेदेखि र कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिने उनले जानकारी दिए । उनले भने, ‘पाठ्यपुस्तक पर्याप्त छ। समयमा प्रदेशभरिका सबै जिल्लामा पु¥याउने छौँ।’ कार्यालय प्रमुख श्रेष्ठका अनुसार प्रदेशभरि आगामी शैक्षिकसत्र २०८२ का लागि १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखिएको छ।
प्रदेशमा आगामी शैक्षिकसत्रमा २५ करोड बराबरको पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । चालु शैक्षिकसत्रमा रु २२ करोड ५७ लाख बराबरका पाठ्यपुस्तक बिक्री गरिएको केन्द्रले जनाएको छ । उनले हाल कक्षा ३ देखि १० सम्मका पाठ्यपुस्तक बिक्री भइरहेको बताउँदै कक्षा ११ र १२ का पाठ्यपुस्तक पनि फाट्टफुट्ट बिक्री भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज