सुदूरपश्चिममा राज्यपक्षबाट मानव अधिकार उलङघनका घट्ना शुन्य, तर गैरराज्यपक्षबाट दुई सय चार घट्ना
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशमा पछिल्लो तिन महिनामा राज्यपक्षबाट मानव अधिकार उलङघनका घटनाहरु शुन्यमा झरेका छन् । ईन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सार्वजनिक गरेकोे तथ्याङ्कले राज्यपक्षबाट मानव अधिकार उलंघनका घट्ना नघटेको देखाएको हो । बुधबार महेन्द्रनगरमा ईन्सेक प्रदेश कार्यालयले पत्रकारहरुसंगको नियमित बैठकमा सन २०२५को सुरुवाति तिन महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।
ईन्सेक प्रदेश कार्यालयले जनवरी देखि मार्चसम्ममा राज्य पक्षबाट कुनैपनि मानव अधिकार उलङघनका घट्ना नभएको देखाएता पनि गैरराज्य पक्षबाट भने मानव अधिकार उलङ्घनका दुई सय ४ घट्ना घटेको देखाएको छ ।
गैरराज्य पक्षबाट भएका दुई सय ४ घट्नामध्ये सबैभन्दा बढि १९५ महिला पिडित रहेको ईन्सेकका प्रदेश अधिकृत कृष्ण विकले बताउनुभयो । त्यसैगरी ईन्सेकको तिन महिनाको तथ्यांकअनुसार १ सय ६५ महिला अधिकार हनन्का, २६ घट्ना बालअधिकार उलङ्घन,...



















