नयाँ खबर
धर्मा कुमारी रोकाया, महेन्द्रनगर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आयोजना गरेको एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शुक्रबार शुक्फाटा राष्ट्रिय निकुञ्जले जेडएसएल नेपालसंगको सहकार्यमा संरक्षण्मा मिडियाको भुमिका विषयक एक दिने कर्याशाला गोष्ठि सम्पन्न भएको हो ।

उक्त गोष्ठिमा बन्यजन्तु संरक्षणका क्षेत्रमा १५ बर्षदेखि कलम चलाउदै आएका अनुभवि तथा बरिष्ठ पत्रकार लक्ष्मी उपाध्यायले बन्यजन्तु संरक्षणको लागि कसरी समाचार संकलन गर्नेदेखि लिएर समाचार प्रभावकाबारेमा आफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो । गोष्ठिमा जेडएसएल नेपालका कार्यक्रम संयोजक सन्तोष पौडेलले संस्थाको कार्यपत्र प्रस्तुत गर्दै संस्थाले अहिले सम्म गरेको र अव गर्ने कस्ता कार्यगर्नेछ भन्नेबारे जानकारी दिएका थिए । उहाँले बन्यजन्तु संरक्षण्मा संञ्चारकर्मी र संञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै बाके बर्दिया र शुक्लाफाटामा संस्थाले विभिन्न चरणमा काम गरीरहेको बताउनुभयो । संस्थाले पहिलो चरणमा ईन्टीग्रेटेड टाईगर ह्याविटेट कन्जरभेसन प्रोग्राम चलाएको र जसले नेपाल सरकारलाई नितिनिर्माणका कुरामा धेरै नै सहयोग पुगेको बताए । त्यसैगरी दोस्रो चरणमा बागको गणना अर्थात बागको मोनोटरीङ्ग लगायत समुदायस्तरमा जीवीकोपार्जनमा सहयोग गरेको, तेस्रो चरण्मा फायर लाईन निर्माण लगायत वायर फेन्सिङ्ग(बेदकोट नगरपालिका वडा नं. ९ हात्तिथलामा)का कार्य भएको बताउनुभयो । उहाँले तेस्रो चरणको कार्यक्रम अन्तरगत नै तत्काल राहत कोष, जीवीकोपार्जनका लािग उपसमुहहरुको निर्माण गरी समुहमा अधिकतम ६ प्रतिशत भन्दा बढिनहुने गरी विनाधितो लगानी गरीरहेको बताउनुभयो ।
उहाँले चौथो चरणको कार्यक्रमअन्तरगत करीडोरहरुमा कार्य गर्ने बताउनुभयो । ‘विगत तेस्रो चरणसम्मको कार्यक्रमम अन्तर्गत फायर लाईन निर्माण, फेन्सिङ्ग, नितिनिर्माण लगायत तत्काल राहत कोष निर्माण र मध्यवर्ति क्षेत्रका जनताको जीवीकोपार्जकालागि काम ग¥यौ,’ उहाँले भन्नुभयो ‘अव चौथो चरणको कार्यक्रमअन्तर्गत हामी करीडोर(बासस्थान)मा काम गछौ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा संरक्षक अधिकृत पुरुषोत्तम बाग्लेले राष्ट्रिय निकुञ्जको छोटकरीमा परिचयको प्रस्तुति खाख्नुभएको थियो । उहाँले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज जैविक विविधताको दृष्ट्रिकोणले हेर्दा अति नै महत्वपूर्ण रहेको बताउनुभयो । ‘यो राष्ट्रिय निकुञ्ज जैविक विविधताको दृष्ट्रिकोणले हेर्दा नेपालका अन्य निकुञ्जभन्दा महत्वपूर्ण रहेको छ,’ उहाँले भन्नुभयो ‘यसको जैविक विविधताको मात्रै पचार प्रसार गर्नसके मात्रै पनि पर्यटन प्रबद्धनमा टेवा पुग्छ ।’ उहाँले शुक्लाफाटा निकुञ्जमा थुप्रै अवसरसंगै सीमा अतिक्रमण देखि विभिन्न चुनौतीहरु पनि रहेको बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वाडेन एवं बरिष्ठ सरक्षण अधिकृत मनोज शाहले सरकारले राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तर त्यसका लागि पूर्णरुपमा बजेट विनियोजन नगर्ने चपेटामा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज पनि परेको बताउनुभयो । ‘सरकारले निकुञ्ज घोषणा गर्छ तर पूणर््रुपमा बजेट दिदैन,’ उहाँले भन्नुभयो ‘अनि कसरी हुन्छ पर्यटन प्रबद्धन ? अहिले निकुञ्जमा जम्मा ७ करोड जतिमात्रै बजेट छ, यति कम बजेटले कसरी पर्यटन प्रबद्धन गर्र्ने ? विसौ बर्ष अगाडिको बजेट १७ करोडभन्दा बढि हुन्थ्यो, अहिले यस्तो हालत छ, अहिले राहतको कोषको रकम समेत सकिएको अवस्था छ ।’
उहाँले निकुञ्जभित्र बन्यजन्तु हेर्न जानका लागि भौतिक संरचनाहरुको निर्माण भईरहेको बताउनुभयो । उहाँले सिमाअतिक्रमणको समस्या निकै नै पेचिलो बन्दै गएको बताउनुभयो । त्यसको लागि माथिल्लो निकायले बसेर छलफल गर्नुपर्ने देखिएको बताउदै नेपाली सेनाको लागि बस्ने क्याम्प निर्माणको क्रममा रहेको र डेढ÷दुई महिनाभित्र निर्माण सम्पन्न हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया सहितका विभिन्न संचार माध्याममा कार्यरत पत्रकार र संरक्षणको क्षेत्रमा कामगर्दै आईरुहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।