नयाँ खबर
महेन्द्रनगर–कञ्चपनुरमा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु भएको छ । होली फेम्ली स्पोर्टस एकेडेमीद्धारा आयोजित १२ दिने निशुल्क क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्पको मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी सूरु गरीएको हो ।

होली फेम्ली स्पोर्टसका उपाध्यक्ष महादेव भट्टले सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख खतिथि कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द रहेका थिए । तेक्वान्दोको प्रशिक्षण तेक्वान्दो संघ कन्चनपुरका सचिव गोविन्द थापाले गर्नेछन भने क्रिकेटको प्रशिक्षण प्रशिक्षक सन्तोष भट्टले गर्ने होली फेम्ली स्पोर्टस एकेडेमिका उपाध्यक्ष महादेव प्रसाद भट्टले जानकारी दिनुभयो । विगत बर्षहरुमा पनि होली फेम्ली स्पोर्टस एकेडेमीले खेलकुद प्रशिक्षण गराउदै आएकोमा यस बर्ष पनि जिल्ला क्रिकेट संघ र जिल्ला तेक्वान्दो संघसंगको सहकार्यमा निशुल्करुपमा क्रिकेट र तेक्वान्दो प्रशिक्षण गरीरहेको होली फेम्लीका उपाध्यक्ष महादेव प्रसाद भट्टले बताउनुभयो ।

‘हामीले विगत बर्षमा पनि शैक्षिकशत्रको अन्तिममा विभिन्न खेलकुदको तालिम दिदै आईरहेकाछौ, यसपालि पनि विद्यार्थीहरुलाई निशुल्क रुपमा क्रिकेट र तेक्वान्दोको प्रशिक्षण दिने उदेश्यले यो १२ दिने निशुल्क क्रिकेट र तेक्वान्दोको क्याम्प राखिएको हो,’ उपाध्यक्ष भट्टले भन्नुभयो ‘बालबालिकाहरु बाहिरको अन्य कुलतमा नफसुन, १२ दिनको प्रशिक्षणले खेलकुदमा ईन्ट्रेस्ट भएका भाइृबहिनीहरुका उत्कृष्ट प्रतिभालाई छनौट गरी भोलीको दिनमा अण्डर १४, अण्डर १६ र अण्डर १९को टिमा सेलेक्सन गरेर जिल्लस्तरमा नै छनौट गरी राख्न र उनीहरुको प्रतिभा चिन्ने माध्यम बनाउनका लागि पनि स्पोर्टसले निशुल्क क्याम्प राखेको हो ।’

समुद्धघाटन कार्यक्रममा क्रिकेटको प्रशिक्षण तेक्वान्दो तालिमको तेक्वान्दो संघका उपाध्यक्ष राजेन्द्र केसीले प्याट चलाएर समुद्धघाटन गरेका थिए भने क्रिकेट प्रशिक्षणको विशाल सोनारले व्याटिङ्ग गरेर समुद्धघाटन गरेका थिए । कार्यक्रममा विशिष्ठ अतिथिमा तेक्वान्दो संघ कञ्चपनुरका उपाध्यक्ष राजेन्द्र केसी, ज्ञानोदय पब्लिक एकेडेमीका संस्थापक हरीदत्त भट्ट, होली फेम्ली ईङ्गलिस मिडियम स्कूलका प्रिन्सिपल एनडी भट्ट रहनुभएको थियो । त्यसैगरी अतिथिमा क्रिकेट संघ कञ्चनपुकरका सचिव विशाल सोनार, तेक्वान्दो प्रशिक्षक मोहन प्रताप गुरुङ्ग रहेका थिए ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।