Advertisement

सुदूरपश्चिम विश्वविद्यालयका १२ क्याम्पसको स्ववियू निर्वाचन नतिजा सार्वजनिक, नेविसंघले ७, अनेरास्ववियूले ५ क्याम्पसमा सभापति जित्दा अखिल क्रान्तिकारी निल

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयका १२ आंगिक क्याम्पसको स्ववियू निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सुप विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा चैत्र २७ गते स्ववियू निर्वाचन भएको थियो । नतिजा सार्वजनिक भएका क्याम्पसमध्ये ७ क्याम्पसमा नेपाली कांगेस निकटको नेविसंघ, एमाले निकटको अनेरास्ववियूले ५ क्याम्पसको स्ववियू सभापतिमा जित दर्ता गर्दा अखिल क्रान्तिकारी भने निल भएको छ ।
कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरीया, बैतडीको जगन्नाथ बहुमुखि क्याम्पस गोठलापानी, मणिलेक क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखि क्याम्पस जोगबुडा, दार्चुला बहुमुखी क्याम्पस, डोटीको स्तिाराम बहुमुखी क्याम्पस, बाजुराको बडीमालिका बहुमुखी क्याम्पसमा नेविसंघले सभापति जित्दा अनेरास्ववियूले बझाङको जयपृथ्वि बहुमुखी क्याम्पस, बैतडीको पाटन बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर बहुमुखी क्याम्पस र बाजुराको बाजुरा बहुमुखी क्याम्पसमा स्ववियू सभापति जितेको हो । अहिलेसम्मको नतिजा हेर्दा अखिल क्रान्तिकारी भने निल देखिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने अछामको जनता क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । बुधबार नै मतदान भइसकेका कैलाली बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा भने मत परिणाम सार्वजनिक भएको छैन ।

 

नेवि संघले स्ववियू सभापति जितेको क्याम्पसहरु :

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापतिमा नेविसंघका भुवन महरा विजयी भएका छन् । महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी संयुक्त अखिल प्यानलका बमबहादुर विश्वकर्माले ३७८ मत प्राप्त गरेका छन् । सचिवमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अखिल संयुक्तका गणेशनाथ योगीले ३२६ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याउँदै निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी अखिल संयुक्तकी दिपिका जोशीले ३५१ मत प्राप्त गरिन् । सदस्य पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको दुर्गालक्ष्मीमा नेविसंघ विरुद्ध सबै गठबन्धन एक भएर चुनाव लडेका थिए ।

यस्तै, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका रोशन भट्ट प्यानल सहित विजयी भएका छन् । १०१ मत ल्याएर भट्ट सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत ल्याए । यस्तै, सचिवमा नेविसंघकी राधा बोहरा ८५ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेखा चुनाराले ५१ मत ल्याइन् । कोषाध्यक्ष पदमा विजयी भएकी नेविसंघकी मिना चन्दले ९१ मत ल्याउँदा अनेरास्ववियुका नवीन भट्टले ५५ मत ल्याए ।

बैतडीकै मणिलेक क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको छ । स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा विजयी भएका छन् । ओझा ४८ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए । त्यस्तै, अखिल क्रान्तिकारीकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याइन् । सचिवमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी उर्मिला नायकले ३७ र अखिल क्रान्तिकारीका धनवीर दयालले १८मत ल्याए । कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी लक्ष्मी ओझाले ४० मत र अखिल क्रान्तिकारिकी दिया दयालले १४ मत प्राप्त गरेकी छिन् ।

डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ । सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत पाए । यस्तै, सचिवमा नेविसंघका भुवन बोहरा र कोषाध्यक्षमा बिन्द्रा धामी तथा सदस्यहरूमा केशव बोहरा, निर्मला धामी, सरस्वती सुनार, अस्मिता खड्का, उषा पाण्डेय ९उर्मिला० र निराजन बोहरा निर्वाचित भएका छन् । विजयी भएका सबै नेविसंघकै उम्मेदवार हुन् ।

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घका प्रकाश बडू विजयी भएका छन् । बडू २२२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका खडक ठगुन्नाले १९१ मत प्राप्त गरेका छन् ।

डोटीको सीताराम बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी सङ्घ ९नेविसंघ० को प्यानलै निर्विरोध निर्वाचित भएको थियो । स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर निर्वाचित भएका थिए ।
बाजुरामा बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा भने नेविसंघका सविन रावत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

अनेरास्ववियूले स्ववियू सभापति जितेको क्याम्पसहरु :

डोटीको जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुका सुरत बोहरा ६९ मत प्राप्त गरी सभापतिमा विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका मोहनसिंह पालीले ३४ प्राप्त गरे ।

बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका छन् । अनेरास्ववियु र अखिल ९क्रान्तिकारी०को संयुक्त प्यानलका उम्मेदवार रहेका भण्डारी १०५ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतमप्रसाद अवस्थीले ५६ मत ल्याए ।

दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सुनिल डाँगा विजयी भएका छन् । डाँगा १०५ मत ल्याई सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त प्यानलका नरेश विष्टले १०२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दिनेशराज पन्तले ११ मत प्राप्त गरे ।
बझाङको जयपृथ्वी क्याम्पसमा भने सभापतिमा अनेरास्ववियुका तिलकचन्द्र बोहरा विजयी भएका छन् । उनले नेविसंघका विवेकबहादुर बोहरालाई ३ मतले पराजित गरे ।

बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया यसअघि नै सर्वसम्मत सभापतिमा चयन भइसकेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज