नयाँ खबर
किरण चन्द, बैतडी – सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका कलेजहरु चैत्र २७ गते स्ववियू निर्वाचन भईरहेको छ । त्यसका लागि बुधबार विभिन्न कलेजहरुमा मनोनयन दर्ताको समय तालिका रहको थियो । त्यही तालिका अनुसार बैतडीको पाटन स्थीत पाटन बहुमुखि क्याम्पसमा तिनओटा संगठनले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ता गराउनेमा नेपाल विद्यार्थी संघ(नेवि) अनेरास्ववियू र अखिल क्रान्तिकारीले गठबन्धन गरेर उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
नेविसंघबाट अध्यक्षमा माधवी भट्ट, सचिवमा चाहना विष्ट र कोषाध्यक्षमा कौशिला साउदको मनोनय दर्ता गरीएको छ । त्यसैगरी सदस्यमा सिता विक, मालती विष्ट, कविता महरा र हिरा विकले उमेदवारी दिएका हुन् ।

त्यसैगरी जनजागरण विद्यार्थी युनियनकोतर्फबाट सभपतिमाा गौतम प्रसाद अवस्थी, सचिवमा कमला भट्टराई र कोषाध्यक्षमा दिनेश प्रसाद भट्टको उमेदवारी दर्ता गराईएको छ । भने सदस्यमा आकास पन्त, विवेक सिंह मडै, प्रकाश दत्त भट्ट र मनिषा कठायतको उमेदवारी परेको छ ।
त्यसैगरी अनेरास्ववियू र अखिल(क्रान्तिकारी)को संयुक्त प्यानलको तर्फबाट सभापतिमा सन्जय कुमार भण्डारी, सचिवमा प्रकाश भट्ट र कोषाध्यक्षमा गजेन्द्र चुनाराको उमदवारी दर्ता भएको छ । भने सदस्यमा सन्तोष जोशी, यमुना पेला, कविता कुमारी महरा र यशोदा ऐरीको उमेदवारी दर्ता गराईएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।