Advertisement

औषधी व्यवसायीहरुद्धारा आन्दोलन स्थगित, व्यवसायी र सरकारविच तिन बुदे सहमति

महेन्द्रनगर : माग सम्बोधन हुने भएपछि औषधि व्यवसायीहरुले एक सातादेखि थालेको आन्दोलन स्थगित गरेका छन । औषधी व्यवसायी र सरकारविच तीन बुँदे सहमती भएपछि तत्कालनका लागि आन्दोलन स्थगित गरिएको हो । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रदेव लेखकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग र औषधी व्यवसायीहरुका संघ संगठनहरुविच भएको वार्तापछि तीन बुँदे सहमती भएको बताए ।
औषधी व्यवसायी संघ सुप प्रदेशका अध्यक्ष लेखकका अनुसार औषधी व्यवस्था विागका महानिर्देशक नारायण प्रशाद ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय प्रमुख डा.भीम प्रशाद सापकोटा, मन्त्रालयकै कानुन उपसचिव गोपीकृष्ण रेग्मी, बरिष्ठ स्वास्थ्य प्रशासक रामचन्द्र शर्मा र नेपाल औषधी व्यवसायी संघका केन्द्रीय बरिष्ठड उपाध्यक्ष राम प्रशाद खरेल, नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामचन्द्र शर्मा, नेपाल आयुर्वोद औषधी व्यवसायी संघका महासचिव लेखनाथ भुसाल, नेपाल औषधी आयातकर्ता संघका कोषाध्यक्ष सन्दीप खनाल, नेपाल पशुपन्छी औषधी संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल, नेपाल आयुर्वेद औषधी व्यवसायी संघ केन्द्ीय अध्यक्ष सन्तोष ढुङ्गेल सहितका सरोकारवालाहरुविच तीन बुँदे सहमती भएपछि १७मंसिर(बुधबार)पछिका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरीएको छ ।
व्यवसायीहरुले अघि सारेको औषधी ऐन ०३५को दफा ११को उपदफा ३लाई संशोधन र उपदफा ५ खारेजीलाई प्रचलित कानुन बमोजिम संशोधन गर्नका लागि आवश्यक प्रकृया ३०दिनभित्रै सहजिकरण गर्ने, २ मंसिर ०८२मा औषधी व्यवसायीका संगठनहरुले पेश गरेका विषय मध्ये कानुन संग सम्बन्धीत बाहेकका विषय प्रशासनिक निर्णयहरु मार्फत समाधान हुने विषय पुन दर्ता लगायत, औषधी व्यवस्था विभाग मार्फत सहजीकरण गर्ने र औषधी व्यवसायी संघकोे नेतृत्वमा बनेको राष्ट्रिय औषधी व्यवसायी सरक्षण समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमती भएको औषधि व्यवासयी संघ सुपका अध्यक्ष लेखकले बताए ।
गत १४ साउन ०८२ दोस्रो साता तत्कालिन सरकारले औषधी ऐन ०३५ संशोधन गरेर देशभरीका औषधी व्यवसायीमाथि अन्याय गरेको भन्दै चारदिनदेखि आन्दोलनमा उत्रिएका थिए ।
नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिले औषधी ऐन ०३५को दफा ११को उपदफा ३को संशोधन तथा उपदफा ५ खारेजीको माग अघि सार्दैै कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिनुका साथै दैनिक औषधालय बन्द गरेर आन्दोलनमा होमिएको थियो ।
नेपाल औषधी व्यवसायी संघ सुपका अध्यक्ष लेखकले संघीयताको मर्म विपरित आफुहरु औषधी पसल नविकरणका लागि लुम्बिनी प्रदेशकोे बाँके नेपालगन्ज जानुपर्ने बाध्यताका विच सरकारले छापामारशैलीमा ऐन संशोधन गरेर राजपत्रमा प्रकासित गरेपछि आन्दोलन गर्नुपरेको भन्दै सरकारले माग पुरा नगरे १७ गतेदेखि शसक्त आन्दोलन गर्ने बताएका थिए । ऐन लागु भएदेखि यता हालसम्म ८सय औषधी पसल बन्द भएपछि औषधी व्यवसायी विदेशीन बाध्य भएको र सुदूरपश्चिमका ५ सय औषधी व्यवसायी मारमा परेका परेका छन् । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले सरकार र औषधी व्यवसायीसंघविच वार्ता भएर तिन बुदे सम्झौतापछि आन्दोलन स्थगित भएको जानकारी दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज