कृष्णपुरमा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कृष्णपुर नगरपालिका–७ शान्तिपुरस्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगिताको उद्घाटन समारोह नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति कञ्चनपुरकी रामकुमारी राना सहभागी थिए ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख द्रौपती राना, पूर्व नगर प्रमुख कर्णबहादुर हमाल, जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्का, जिल्ला समन्वय समिति सदस्य जयसिंह बिष्ट, नगरपालिकाका कार्यालय प्रमुख खगेन्द्र...




















