Advertisement

कृष्णपुरमा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कृष्णपुर नगरपालिका–७ शान्तिपुरस्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगिताको उद्घाटन समारोह नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति कञ्चनपुरकी रामकुमारी राना सहभागी थिए ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख द्रौपती राना, पूर्व नगर प्रमुख कर्णबहादुर हमाल, जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुबेर खड्का, जिल्ला समन्वय समिति सदस्य जयसिंह बिष्ट, नगरपालिकाका कार्यालय प्रमुख खगेन्द्रप्रसाद भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, शिक्षा शाखाका प्रमुख अनिल ठकुन्ना, २८ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, युवा, महिला, विद्यार्थी, अभिभावक तथा विभिन्न खेल विधाका खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न रानाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान, विकास र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे ।
उनले प्रतियोगिताको आयोजना कृष्णपुर नगरपालिकाका लागि गौरवको विषय भएको बताए । उद्घाटन समारोहमा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कञ्चनपुर जिल्लाबाट विजयी खेलाडीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूको हातबाट वितरण गरिएको थियो । प्रमुख अतिथि राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्रको विकासका लागि निष्पक्षता, पारदर्शिता र इमानदारी अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासित, सक्षम र नेतृत्वशील बनाउने भन्दै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना दिए ।
कार्यक्रममा नगर उपप्रमुख द्रौपती राना, समाजसेवी तथा पूर्व संविधानसभा सदस्य कमल क्षेत्री, कृष्णपुर नगरपालिकाका पूर्व नगर प्रमुख कर्णबहादुर हमाल, कृष्णपुर नगरपालिकाका कार्यालय प्रमुख खगेन्द्र प्रसाद भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमका सभापति नगर प्रमुख हेमराज ओझाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मर्यादित, निष्पक्ष र अनुशासित रूपमा सञ्चालन गर्न आयोजक तथा व्यवस्थापन पक्षलाई निर्देशन दिए । उनले खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, सहकार्य र नेतृत्व विकास हुने उल्लेख गर्दै खेलाडी तथा विद्यालयको मेहनतको सम्मान गर्नुपर्ने धारणा राखे ।
उद्घाटन अवसरमा सम्पन्न मार्चपास प्रतियोगितामा कञ्चन माध्यमिक विद्यालय प्रथम, उदय माध्यमिक विद्यालय दोस्रो र साइनिङ मुन विद्यालय तेस्रो भएको छ । विजयी विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज