भम्केनी धामस्थित निर्माणाधिन नेपाल आमाको ७५ फिटको मुर्ति निर्माण गर्न सरकारले उदासिनता देखाएको भन्दै जगदगुरु देवाचार्यको चिन्ता
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भम्केनी धामस्थित निर्माणाधिन नेपाल आमाको ७५ फिट अग्लो मुर्ति निर्माणमा तिनै तहको सरकारले उदासिनता देखाएको नेपालका प्रथम जगद् गुररु अनन्त श्री बालसन्त मोहन शरणदेवाचार्यले गुनासो पोखेका छन् । सोमबार तिजविशेष कार्यक्रमको शिलशिलामा नयाँ खवर लगात विभिन्न मिडियाका पत्रकारहरुसंग उनले उक्त दुखेसो पोखेका हुन् । उनले आफ्नै माध्यमले कुन भुमिकाले चाडो गर्न सकिन्छ भन्ने चिन्ता भईरहेकोले धनगढी, दाङ, घोराहि हुदै काठमाण्डौ र पुर्व नेपालतिर धातुहरु संकलन गर्न जान लागेको समेत बताए ।
नेपाल आमाको मुर्ति निर्माणमा तिनै सरकारले खासै चासो नदिएको उल्लेख गरेका जगत गरु अनन्त श्री बालसन्त मोहन शरणदेवाचार्यले मुर्ति निर्माणकालागि दुईओटा विकल्पमा काम गर्ने बताए । उनले नेपालका धनाड्य व्यक्तिको सहयोग माग्ने र महायग्यको आयोजना गर्ने दुई विकल्पमा काम गर्ने बताए । आफुले सुरु गरेका धेरै कार्...




















