Advertisement

कृष्णपुरमा कार्यकर्ता भेटघाटमा एमाले, जनताका समस्याबारे छलफल

बिरेन्द्र बाग
महेन्द्रनगर–कञ्चनपुरमा नेकपा(एमाले) कृष्णपुर नगर कमिटिले कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरेको छ । नगर कमिटिको निर्णय अनुसार एमालेले टोल–टोलमा गएर संगठीत सदस्यहरुसँग भेटघाट सुरु गरेको हो । एमाले कृष्णपुर नगर कमिटी सचिव नरेश कार्कीले भदौ छ गतेदेखि कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरिएको बताए । उनका अनुसार कृष्णपुर–१ को सुन्दरीफाँटा, गोदेगाडा, कुमगाडाँ, दोमिल्ला, श्रीपुर र पुतली बजार क्षेत्रमा संगठीत सदस्यसँग भेटघाट गरिएको छ । भेटघाट क्रममा संगठीत सदस्यको अवस्थाबारे जानकारी दिने, स्थानीय समस्याबारे छलफल, पार्टी सदस्यता नविकरण र वितरण लगायतका कामहरु भईरहेको नगर कमिटी सचिव कार्कीको भनाई छ । भेटघाट कार्यक्रममा सहभागी एमाले नेता तथा राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष बचन बहादुर सिंहले नगर कमिटिको कार्यक्रम अन्तर्गत कार्यकर्ता भेटघाट भईरहेको बताए । उनका अनुसार भेटघाटमा पार्टीका संगठीत सदस्यहरुसँग स्थानीय आवश्यकतासँगै ग्रासरुटमा पार्टीको अवस्थाबारे जानकारी लिने कार्य भईरहेको छ । ‘अहिले पार्टीमा नेता नेतामात्रै भईराख्ने, जनता र कार्यकर्तामा नजाने समस्या देखिएको छ ।’ नेता सिंहले भने ‘सबै तहका नेता र संगठीत सदस्यबिचको ग्याप छ, त्यसलाई हटाउन यस किसिमका कार्यक्रम आवश्यक छन, जनताका समस्या र अपेक्षा सम्बोधनका लागि पनि सहज हुन्छ ।’ त्यस्तै भेटघाट कार्यक्रमले संगठीत सदस्यहरुमा उत्साह छाएकोे कृष्णपुरका एमाले नेता लोकराज पन्तले बताए । उनका अनुसार पछिल्लो समय नेता–कार्यकर्ताबिच दुुरीले पार्टी कमजोर हुने अवस्था रहेकोले यस कार्यक्रमलाई निरन्तरता दिन संगठीत सदस्यहरुले सुझाव समेत दिएका छन् । त्यस्तै स्थानीय सरकारका गतिविधिप्रति जनता सन्तुष्ट नरहेको पनि उनले बताए । ‘नगरपालिकाले जन अपेक्षा अनुसार काम गर्न सकिरहेको छैन, आफु अनुकुल मात्रै काम भईरहेको छ।’ उनले भने ‘पालिकाको काम बारे जनतामा कुनै किसिमको सूचना छैन्, कांग्रेसकै कार्यकर्तानै पालिकाका गतिविधिबारे अनविज्ञ, उनीहरुमा पनि सन्तुष्टी देखिदैँन् आफ्नै पार्टी नेतृत्वको स्थानीय सरकारबारे उनीहरुको व्यापक गुनासो छ ।’
भेटघाटसँगै जनताका समस्या बुझेर र समाधानका लागि सरकारसँग खबरदारी गरिने उनको भनाई छ । त्यस्तै भेटघाटका क्रममा स्थानीयले विकास निर्माण कार्य समयमै सम्पन्न हुनेपर्नेमा जोड दिएका छन् । भेटघाट कार्यक्रममा दशैँसम्म पालिकाका सबै वडा सम्पन्न गरिसक्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज