Advertisement

सुदूरपश्चिम

लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिबारे चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री चासो

लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिबारे चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री चासो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा आफ्नो आपत्ति रहेको चिनियाँ राष्ट्रपति सी चीनफिङसँग राखेका छन् । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको थियो। भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्टरुपमा आपत्ति जनाएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । भेटमा ओलीले भने,ʻसन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।ʼ...
सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ। बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो अर्थात बिहीबार पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए। आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ। साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ। बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन छ। पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको ...
महिनावारी बार्न त्रिपालमुनि सुतेकी महिलासंगै बालिकाको मृत्यु

महिनावारी बार्न त्रिपालमुनि सुतेकी महिलासंगै बालिकाको मृत्यु

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
अछाम–अछाममा महिनावारी बार्न त्रिपाल मुनि सुतेकी एक महिलासहित बालिकाको ढुंगा लागेर मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला निरन्तरको बर्षासंगै माथि भिरबाट ढुङ्गा खस्दा ३५ वर्षीया निमा देवी जैसी र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घट्ना विहान ३ बजेतिर घटेको हो । उनीहरुसँगै सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भिर घाइते छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको त्यहाबाट पनि रेफरी गरी सुर्खेत पठाईएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर रत्ना भण्डारी, निमा देवि जैसी घरभन्दा माथि त्रिपालमा सुतेको र माथि अलि भिरपाखो भएकोले माथिबाट खसेको ढुङ्गा ...
परशुराम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव अर्याल

परशुराम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव अर्याल

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेल्धुरा–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सय २२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ । सोही अनुसार डडेल्धुरा जिल्लाका परशुराम नगरपालिका लगायत तिन वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत(हाकिम) आउने भएका हुन् । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन् । परशुराम नगरपालिकामा उपसचिव मोहन अर्याल आउने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी वा अन्तर्गत कार्यरत अर्याल परशुराम नगरपालिकामा आउने भएका हुन् । यसअघि परशुराममा कल्पना भट्टले हाकिमका रूपमा कामकाज गरिरहेकी थिइन् । त्यसैगरी अमरगढी नगरपालिकामा नयाँ हाकिमको रूपमा उपसचिव नवराज ओझा आउने भएका छन् । ओझा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कार्यरत थिए । यसअघि ...
नदीमा पौडी खेल्नेक्रममा डुवेर चार जनाको मृत्यू

नदीमा पौडी खेल्नेक्रममा डुवेर चार जनाको मृत्यू

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी–कैलालीमा नदीमा डुबेर चार जनाको मृत्यू भएको छ । बिहिबार कैलालीस्थित खुटिया नदीमा डुबेर चार जनाको मृत्यू भएको हो । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा दिउँसो २ बजेतिर बेपत्ताभएका धनगढीकां १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शब फेला परेको छ । बेपत्ता भएका चारै जनाको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए । उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्दार गरिएको छ।...
कक्षा १० र १२ उत्तीर्ण प्रमाणपत्र प्रतिलिपि लिन प्रहरी रिपोर्ट नचाहिने

कक्षा १० र १२ उत्तीर्ण प्रमाणपत्र प्रतिलिपि लिन प्रहरी रिपोर्ट नचाहिने

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी–कक्षा १२ र १० को प्रमाणपत्र हराएमा प्रतिलिपि बनाउन प्रहरी रीपोर्ट(प्रतिवेदन) नचाहिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड धनगढी कार्यालयबाट सेवाग्राहीले हराएको प्रमाणपत्रको प्रतिलिपि बनाउन प्रहरी प्रतिवेदन आवश्यकता पर्ने गरेको थियो । प्रमाणपत्रको फोटोकपी या रजिष्ट्रेसन नम्बरकै आधारमा प्रतिलिपि लिन सकिने व्यवस्था मिलाईएको राष्ट्रिय परीक्षा बोर्ड धनगढीका कार्यालय प्रमुख महेन्द्रराज पाण्डेयले बताए । ुकक्षा १० र १२ उत्तीर्ण गरेको प्रमाणपत्र हराए सजिलै प्रतिलिपि लिन सक्छन्। कक्षा १२ को प्रतिलिपि धनगढीबाटै दिन्छौँ भने कक्षा १० को प्रतिलिपि पाउन सानोठिमी जानुपर्ने हुन्छ,ु कार्यालय प्रमुख पाण्डेयले भने ‘कक्षा १२ को हराएको प्रमाणपत्र फेरि बनाउन रजिष्ट्रेसन नम्बर भए हुन्छ। रजिष्ट्रेसन नम्बर र प्रवेश पत्रको फोटोकपी भए पनि नयाँ प्रतिलिपि दिन मिल्छ, प्रहरी रिपोर्ट आवश्यक हुदैन ।’ सेवाग्राहिको सहजता...
१८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी

१८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाण्डौ– निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकाल सम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । बिहीबार प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने प्रावधान, विद्यालयले उत्पादन नगर्ने सामग्री (पोशाक, किताब, यातायात, खाना–खाजा) अनिवार्य गर्ने व्यवस्था लगायतका धाराहरू खारेज गर्नुपर्ने माग गरिएको छ । साथै छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहनुपर्ने र हाल कायम विभेदकारी प्रावधानहरू खारेज गर्नुपर्ने मागसमेत राखिएको छ । संयुक्त आन्दोलनका कार्यक्रमअन्तर्गत १३ भदौमा जिल्ला सदरमुकाम र काठमाडौँ उपत्यकामा खबरदारी सभा गर्ने, १६ भदौमा देशभर स्कुलबसमा कालो झण्डा र ब्यानरसहित ज्याली प्रद...
डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ को मृत्यु, ६ घइते

डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ को मृत्यु, ६ घइते

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेल्धुरा - डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ठाँटा बजारबाट सदरमुकाम डडेल्धुरातर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप जिल्लाको नवदुर्गा गाउँपालिका– ५ चौडमा सडकबाट २ सय ५० मिटर तल खोल्सोमा खसेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्मर बिष्टका अनुसार, मृत्यु हुँनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षकी कलावती सउद रहेको छन् । त्यस्तै, घाइते हुनेमा नवदुर्गा–५ का १८ वर्षीय शुसिला बिं।क।, सोही ठाउँकी ४ वर्षीय प्रतिका पार्की, ४२ वर्षीय चन्द्रबहादुर सउद, ३५ वर्षीय जीप चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिं।क। रहेका छन् । घाइते सबैलाई जिल्ला अस्पताल डडेल्धुरा लगिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरह...
कञ्चनपुरमा निजी विद्यालय संचालकको आन्दोलनलाई सत्ताधारी दलहरुको ऐक्यवद्धता

कञ्चनपुरमा निजी विद्यालय संचालकको आन्दोलनलाई सत्ताधारी दलहरुको ऐक्यवद्धता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा निजि विद्यालय संञ्चालकहरुको आन्दोलनलाई सत्तारुढ दलहरुले ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले कञ्चनपुरका तर्फबाट आन्दोलनको क्रममा गरीएको बृहत अन्तरक्रिया कार्यक्रममा सहभागि भएका क्रमश उप सभापति मिन बहादुर सिंह र उपाध्यक्ष जनकराज अवस्थीले निजी विद्यालयका संचालकहरुले गरिरहेको आन्दोलनमा साथ सर्मथन एव ऐक्यबद्धता जनाएका हुन । निजी विद्यालयका संचालकहरुले सरकारद्धारा ल्याएको विद्यालय शिक्षा ऐन संशोधनको माग राखि गरेको आन्दोलनलाई नेपाली काँग्रेस जिल्ला उपसभापति मिन बहादुर सिहले समग्र शिक्षा क्षेत्र तहसनहर गर्ने हिसाबले ल्याएको ऐन प्रभावकारी नहुने भन्दै खारेजीको माग अघि सारेका छन । उपसभापति सिहले पाटीका तर्फबाट आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै समितिमा केही सदस्यलाई लिएर दृष्टिविहीनले हात्तीलाई छामेको कथा सुनाउँदै त्यसरी विधेयकमा त्यस्ता प्...
भीमदत्तले अवैध संरचना हटाउन दशै तिहार पर्खिदै

भीमदत्तले अवैध संरचना हटाउन दशै तिहार पर्खिदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले नगरपालिका क्षेत्रका अवैध संरचना हटाउने कार्य फेरि सुरु गरिने बताएका छन् । दशैं तिहारपछि अवैध संरचना खाली गर्ने कार्य सुरु हुने नगर प्रवक्ता अवस्थीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भीमदत्त नगर विकास समितिको जग्गा अवैध अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य रोकिएको एक वर्ष बढी पुगेको छ । भीमदत्तले होटेल ओपेरा पछाडिमा संरचना हटाउन सुुरु गरी दुई वर्ष अघि अतिक्रमण खाली गर्ने अभियान सुरु गरेको थियो । अवैध संरचना निर्माण गरेकालाई दशैतिहार पर्खिने जानकारी दिएका छन् । तत्कालिन गृह मन्त्री रबि लामिछानेले देशभर अतिक्रमति सरकारी जग्गा फिर्ता ल्याउने घोषणा गरेपछि भीमदत्तमा अतिक्रमण हटाउने अभियान सुरु भएको थियो । भीमदत्तका नगर प्रवक्ता अवस्थीले हटाउन बाँकी अवैध संरचना हटाउने बताएका हुन् । उनले अवैध संरचना हटाएर खाली ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज