शुक्लाफाँटा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
महेन्द्रनगर - कञ्चनपुरको शुक्लाफाँटामा नगरपालिका स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा न ७ स्थित धर्म जनता माविको खेल मैदानमा सुरु भएको छ। बिहीबार शुक्लाफाँटा नगर खेलकुद विकास समितिका अध्यक्ष चक्रबहादुर साउँदको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर महराको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घघाटन गरिएको हो।शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको उद्घघाटन कार्यक्रममा नगर प्रमुख महराले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताए।
‘यो प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गरिनेछ। प्रतियोगितामार्फत मात्र होइन, नगरपालिकाले समग्र रूपमा खेलकुद र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ,’ उनले भने। उनले वडा नं. १० मा आधुनिक कभर्ड हल निर्माण गरिएको र वडा नं. १ मा अधुरो अवस्थामा रहेको कभर्ड हललाई पूर्णता दिइएको बताए।राष्ट...




















