Advertisement

कञ्चनपुरको हल्दुखालमा भुवा पर्वको रौनक

महेन्द्रगनर–
ए यो भुवो काँ जादो र ? भस्सा रे भस्सा ।
ए दै केला खान, भस्सा रे भस्सा ।।
ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे‘। भस्सा ।।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ७ हल्दुखालमा रहेको राधाकृष्ण मन्दिर संरक्षण समितीले भुवा पर्व(भस्सो) को आयोजना गरेको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा समितीका अध्यक्ष लक्ष्मण अधिकारी, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहनु भएको थियो कार्यक्रममा सम्बोधन गर्दे नगर उप प्रमुख लेखकले सुदूरपश्चिममा एकतामा विभधता रहेको आफनै मौलिकपन आफनै कला संस्कृती रहेको यसको जेगर्ना गर्न सबैले आआफनो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो ।
साथै आफ्नो मौलिक कला सस्कृती बचाउनका लागि आफ्नो सस्कृती लाई माया गरि यो भुवा भस्सो कार्यक्रमको आयोजना गरेको प्रती आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र कर्णाली प्रदेशमा पनि खेलिने यो पर्व अहिले तराँइका जिल्ला कञ्चनपुर कैलालीमा पनि खेल्ने प्रचलन रहेको छ । कतै शुक्रवार राति र कतै शनिवार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन् । बाजुरा, बझाङबाट तराईमा बस्दै गरीरहनु भएका हरुले भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ ।
पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्ने परम्परा रहेको राधाकृष्ण मन्दिर संरक्षण समितीका अध्यक्ष लक्ष्मण अधिकारी(दुबईको लाहुरे) ले बताउनु भयो । उहाँले यो पर्वले आपसी भाईचारा मात्रै नभएर अनुशासन पनि सिकाउने, र विषेश गरेर त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती रहेको बताउनु भयो । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाइ रहेको बताउनु भयो । भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो । यो पर्व पुसे औंसीको दिनदेखि सुरु हुन्छ । भुवा पर्व मनाउनका लागी युवाहरु महिलाहरुले पनि साथ दिने गरेको र यो पर्वको मौलिकतामा भिज्नका लागी नयाँ पुस्ताहरुले पनि यो खेलमा भाग जनाएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज