Advertisement

शुक्लाफाँटा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

‘यो प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गरिनेछ। प्रतियोगितामार्फत मात्र होइन, नगरपालिकाले समग्र रूपमा खेलकुद र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ,’ उनले भने। उनले वडा नं. १० मा आधुनिक कभर्ड हल निर्माण गरिएको र वडा नं. १ मा अधुरो अवस्थामा रहेको कभर्ड हललाई पूर्णता दिइएको बताए।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजनासँगै विद्यालयका खेलमैदानहरूको मर्मतसम्भार समेत हुँदै आएको उनले बताए । ‘कालिका माध्यमिक विद्यालयको खेलमैदानलाई क्रिकेट मैदानका रूपमा विकास गरिँदैछ। त्यहाँ नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना छ,’ उनले भने, ‘खेलकुदको क्षेत्रमा शुक्लाफाँटा अग्रणी स्थानमा रहेको छ, खेलाडीहरूलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएका छौँ।’कार्यक्रमकी विशिष्ट अतिथि तथा नगर उपप्रमुख कल्पना पन्तले प्रतियोगितालाई सबैले अनुशासित भएर सभ्य र भव्य रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिइन्।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुँवेर खड्काले शुक्लाफाँटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने थलो भएको बताए।

प्रतियोगितामा २८ सामुदायिक र २५ संस्थागत विद्यालय गरी ५३ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत ४५ वटा खेल इभेन्ट सञ्चालन हुनेछन् । जसमा १९ वटा मार्सल आट्र्सका इभेन्ट समावेश गरिएका छन् ।

प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र ६६ कास्य गरी जम्मा २ सय २ पदक रहेका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यसैविच शुक्लाफाँटा नगरपालिकाले ९ जना खेलाडीलाई सम्मान गरेको छ। सम्मानित हुनेमा शुक्लाफाँटाका क्रिकेट खेलाडी सुशील रावल, आशिष लुहार, रविना धामी, आशिका महरा र मनिसा खत्री रहेका छन्।

उनीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। यसैगरी, नगरपालिकाले १५ औं राष्ट्रिय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने ४ जना खेलाडीलाई पनि सम्मान गरेको छ। सम्मानित खेलाडीहरूमा पूजा साउँद, रेनुका ऐरी, लोकेश एडी र अनुप चौधरी रहेका छन्।उनीहरूलाई नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना पन्त लगायतले दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरेर सम्मानित गरेका थिए। प्रतियोगिता पुस १२ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज