Advertisement

बेलडाँडीका समाजसेवी ‘सिताराम’को निधन

केशव थापा, कञ्चनपुर – कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह महरा (सिताराम)को निधन भएको छ । बेलडाँडी गाँउपालिका १ झिलमिलाबस्तीका समाजसेवी महरा (सिताराम)को निधन भएको हो । लामो समयदेखि बिरामी रहेका समाजसेवी सितारामको ६पुष(आइतबार) निवासमै निधन भएको परिवारजनले बताएका छन ।
सितारामको आइतबारै दिउँसो सितारामको धार्मिक परम्परा अनुसार झिलमिला स्थित चौधर नदीमा अन्त्येष्टी गरिएको छ । सितारामका जेठा छोरा करन, नाती खडकु, बिनोदले पार्थिव शरिरमा दागबन्त्ती दिएका थिए । सितारामको अन्त्येष्टीमा उनका सहकर्मीदेखि आफन्त, ईष्टमित्र सयौँ गाँउले सहभागि भएका थिए । हरेक मलामीले सितारामको समाजिक योगदानको चर्चा गरिरहेका थिए ।
दिवङगत भएका ७५ बर्षिया सिताराम पञ्चयातकालिन जनप्रतिनिधीदेखि गणतान्त्रिक युगका समाजसेवी हुन । पञ्चायतकालमा तत्तकालिन बेलडाँडी गाविस ९का वडाध्यक्ष सिताराम राजनैतिक, समाजिक व्यक्तित्वका रुपमा रहेका उनी कम्युनिष्ट नेता पनि हुन ।
सिताराम घर छेउमै रहेको सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्ष, गाँउको सरस्वती मावि झर्नासागरका शिक्षक अभिभावक संघ (पिटिए अध्यक्ष), रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस संचालक समितिका सदस्य, एव आजिवन सदस्य हुन । झोलामा डायरी बोकेर समाजिक सेवामा तल्लिन महराले ‘सिताराम,सिताराम’ लेख्दै गएपछि उनको गाँउले साथीभाईहरुले उपनाम सितारामले परिचित छन ।
महराले आफ्नै पैतृक सम्पतीबाट बेलडाँडीको उच्च शिक्षा, समाजिक सुुविधा, धार्मिक एकताका लागि लाखौँ मुल्य पर्ने जमिन दान गरेका थिए । रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस निर्माणार्थ, राधाकृष्ण मन्दिर र प्रगति युवा क्लबका लागि सडक छेउमै जमिन दान गरेका थिए । महराले निधनले बेलडाँडीलाई अपुरणीय क्षति भएको स्थानीयको भनाई छ । सिद्धनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक धनसिह महराले विद्यालयका संस्थापक सितारामको निधनले विद्यालय परिवार दुखित भएको बताउँदै सिङ्गो समाजमा क्षति पुगेको बताए । ‘बेलडाँडीले सितारामले गरेको योगदान समाज, नयाँ पुस्ताले सदैव स्मरण गर्नेछ, ‘उनले भने, ‘यो उनको घर परिवार मात्रै नभई सिङगो समुदायका लागि दुखको विषय हो ।’ विद्यालयका संस्थापक जग बसाल्ने साधा जिवन उच्च विचारका सितारामको निधनको शोकमा विद्यालयले एक दिन शोक विदा दिएको छ ।
सरस्वती मावि झर्नासागरका संस्थापक शिक्षक लाल सिह विष्टले सिताराम विद्यालयको पिटिए अध्यक्ष हुँदा समग्र गाँउको सार्वजनिक शिक्षा सुधारका लागि गरेको योगदान समाजले कहिल्यै नभुल्ने बताए । ‘हाम्रा लागि त उहाँ अत्यन्तै मार्गदर्शक पनि हुन, ‘विष्टले भने, ‘सिताराम जती समाजिक व्यक्तित्व बेलडाँडीका लागि धरोहर नै हुन ।’
रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस प्रमुख प्रयागराज जोशीले ग्रामिण भेगको उच्च शिक्षाका लागि ह्दयदेखि नै काम गर्ने व्यक्तित्वको निधनले सिङ्गो क्याम्पस परिवार दुखित भएको बताए । ‘हामीले सितारामले बेलडाँडीको समाजिक विकासका लागि गरेको योगदान कहिल्यै भुल्ने छैनौँ, ‘उनले भने, ‘यतिसम्मका समाजसेवी गुमाउँदा हामीले असल अभिभावक गुमाएका छौँ ।’ क्याम्पस निर्माणका लागि अचल सम्पती दिनेदेखि सदस्य एव आजिवन सदस्य महराको निधनमा सोमबार शोक विदा दिने निर्णय गरेको बताए ।
सरस्वती मावि झर्नासागरका सहायक प्रद्यानाध्यापक राधाकृष्ण पाठकले पनि गाँउको समाजिक विकासका लागि सिताराम र उनको परिवारले गरेको योगदान उदाहरणीय भएकाले बताए । प्रगति युवा क्लबमा अध्यक्ष शंकर भट्टले बेलडाँडीका सिताराम जस्ता समाजसेवी गुमाउँदा अन्त्यन्तै पीडाबोध भएको बताए । अध्यक्ष भट्टले सितारामको निधनबाट समाज टुहुरो भएको उनले देखाएको बाटोमा अघि बढ्ने बताए ।
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले सिताराम जस्ता समाजसेवी गुमाएसंगै समाजमा अपुरणीय क्षति भएको बताए । गाँउप्रमुख रानाले समाजमा सिताराम जस्ता समाजसेवी पाउनै मुस्किल हुने बताउँदै सितारामको निधनसंगै गाँउपालिका दुखित भएको बताउँदै हार्दिक श्रद्धाञ्जलीदेखि शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको बताए । स्व. सितारामले गरेको योगदानको कदर गर्दै विभिन्न शिक्षण संघ संस्था, विद्यालय, क्याम्पस, सरकारी, गैर सरकारी निकायबाट सम्मानित भएका थिए ।
गाँउका स्थानीयले सितारामको भौतिक शरिर नरहेपनि सिताराम ह्दयमा रहेको बताएका छन । स्थानीय एव गाँउलेहरुले सितारामले गरेको योगदानको उच्च सम्मान गर्दै स्थानीय सरकारदेखि सरोकारवाला निकायबाट उनको स्मृतिमा केही समाजिक कामकाजदेखि योजना ल्याउनुपर्ने सुझाव दिएका छन । स्व. सितारामका तीन छोरा मध्ये जेठो छोरा पहिल्यै गुमाईसकेको, कान्छो छोरा घर परिवारको सम्र्पकमा आएका छैनन । धर्मपत्नी, बुहारी, नातिनातिना, नातीबुहारी, पतानी भावविह्लह भएका छन । सितारामको निधनसंगै घर परिवार, आफन्त, ईष्टमित्र, छरछिमेकी, गाँउले शोकाकुल भएका छन । जेठो छोरा करन महरा क्रिरियामा बसेका छन ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज