पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी
महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ।
न्यायधीश राजेन्द्र सिंह भण्डारीको एकल इजलासले बिहिबार पत्रकार भण्डारलाई गाली बेइज्जतीको मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा तथ्यहीन रुपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए।
पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउनेको फैसला भएको कन्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए।
अदालतको फैसलालाई सम्मान...




















