Advertisement

सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सूरु

महेन्द्रनगर–नेपाल सरकारको २०३० मा रेविज उन्मुलन गर्ने लक्ष्यलाई मध्यनजर राख्दै भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुरले सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई रेविज सुई लगाउने अभियान सुरु गरेको छ ।

 

आईतबार महेनद्रनगरको मदनचोकमा भेटेरीनरी अस्पतालका तथा पशुविज्ञ केन्द्रका प्रमुख श्याम सिंह खड्काले सामुदायिक कुकुरलाई रेविज विरुद्धको सुई लगाएर अभियानको सुरुवात गरेका हुन् । उहाले राष्ट्रिय स्तरकै अभियान अन्तरगत सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईरहेको बताउनभयो । ‘यो अभियान राष्ट्रिय स्तरकै कार्यक्रम हो । आज हामीले आज महेन्द्रनगरको मदनचोकबाट अभियानको सुरुवात गरेका छौ, यो सुरुवात हो,’ कार्यालय प्रमुखले भन्नुभयो ‘जिल्लाका सबै पालिका र जाहाँ जहाँ सम्भवहुन्छ त्यहा अभियान सञ्चालन गछौ ।’

उहाँले सबै कुकुरहरुलाई निशुल्क रेविजविरुद्धको खोप प्रदान गरीने भन्दै सबै कुकुरधनीलाई नजिकको पायकपर्ने स्थानमा लगि कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाउन आग्रह गर्नुभयो । ‘सवै कुकुरहरुलाई निशुल्क खोप उपलब्ध गराउछौ, सवै जनसमुदायलाई भेटेरिनरी, सम्बन्धीत पालिकाको पशुशाखामा या हामीलाई सम्पर्क गर्नुस, हाम्रा प्राविधिक साथिहरु सोही ठाउमा गएर यो भ्याक्सिन लगाउछौ, कसैबाट कुनै पनि शुल्क लिईदैन, निशुल्क भ्याक्सिन लगाईन्छ,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो ‘हामी सबैको दायित्व हो रेविजमुक्त समाज बनाउने, अकालमा लाखौ मान्छेहरु मरिरहेका छन् यो एउटा अभियान हो यसमा सबैले साथ दिन आग्रह गर्दछु ।’

अभियानको पहिलो दिन ३७ भाईल खोप अर्थात ३७ सामुदायिक तथा घरपालुवा कुकुरलाई रेविजविरुद्धको सुई लगाइएको कार्यालयका अधिकृत दिर्घकुमार स्वारले बताउनुभयो । ‘आज अभियानको पहिलो दिन हामीले ३७ कुकुरलाई रेविज विरुद्धको सुइृ लगाएका छौ,’ अधिकृत स्वारले भन्नुभयो ‘हामीले यो खोप अभियानलाई निरन्तरता दिएका छौ, कुकुर धनीहरुले आफ्ना कुकुरलाई रेविज विरुद्धको निशुल्क खोप लगाएर रेविज उन्मुलन अभियानमा सहयोग गर्न अपिल गर्छु ।’

कञ्चनपुर जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा कुकुरको टोकाईबाट मासिक ५ सय सेवा ग्राही रेविजविरुद्धको सुई लगाउन आउने गरेको तथ्यांक रहको छ । अहिले महाकाली प्रादेशिक अस्पतालमा रेविजविरुद्धको भ्याक्सिनको अभाव रहेको छ । अभाव हुनुको मुख्य कारण मािथ नै रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनलाई

महेन्द्रनगर - होली फेम्ली राष्टिय 'स्कूल लेभल च्याम्पियनशिप' को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा...
बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालि...
पेसवानको सामाजिक परीक्षण कार्यक्रम

पेसवानको सामाजिक परीक्षण कार्यक्रम

महेन्द्रनगर–गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान)ले आफ्नो वार्षिक सामाजिक परीक्षण कार्यक्रम गरेको छ...
होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ को फाइनलमा होली फेम्ली र वात्सल्या भिड्ने

महेन्द्रनगर- होली फेम्लि राष्ट्रिय क्रिकेट ‘स्कूल लेभल च्याम्पियनसिप’ अन्तरगत सोमबार होलीफेम्लि र बात्सल्या विद्या निकेतनविच फाईनल...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : महेन्द्रनगर मावि साधारण, आयोजक होलीफेम्ली, बात्सल्या र महाकाली सेकेण्डरी स्कूल सेमिफाईनमा भिड्ने

महेन्द्रनगर – होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समुह चरणका खेल सकिदा शनिबार अन्तिम चारमा पुग्ने सबै...
निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

धनगढी - सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। बाट पनि कोष ...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द,  महेन्द्रनगर नमुना र वात्सल्य विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप : बर्साले दुई खेल रद्द, महेन्द्रनगर नमुना र वात्सल्य विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप अन्तरगत आज वर्षका कारण दुई खेल रद्द भएका छन्। भने महेन्द्र नमु...
होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन : लिटिल बुद्ध, कञ्चनजंघा र महाकाली सेकेन्डरी विजयी

महेन्द्रनगर - होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिपको दोस्रो दिन भएको पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी विजय भएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज