Advertisement

महाकाली नदीमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन

रिदम पन्त, महेन्द्रनगर–कञ्चनपुरस्थीत महाकाली नदीमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदशन गरीएको छ । बुधबार जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलास्थीत महाकाली नदीमा नेपाली सेनाको श्री बराहदल गुल्म भगतपुरले जिल्लास्थीत सुरक्षा निकायहरुसंगको समन्वय तथा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर संगै निड्स नेपाल, एनएनएसडव्ल्यूए, मर्सिकोर, नेपाल रेडक्रस लगायतका विभिन्न संघ संघसंस्थाहरुको सहकार्यमा ‘अभ्यास मनसुन ५’ नामक विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन गरेको हो ।

 

कार्यक्रममा बाढी तथा प्राकृतिक प्रकोपको वेला जोखिममा परेका ब्यक्तिहरुलाई कसरी उद्दार गर्ने, धानजनको क्षतीकम गर्न सावधानी कसरी अपनाउने, घाईतेको प्राथमिक उपचार कसरी गर्ने र उनीहरुलाई कसरी अस्पतालसम्म पु¥याउने बारे नमुना अभ्यास गरीएको छ ।

प्राकृतिक विपदको जोखिम रहेको क्षेत्रका स्थानीयहरुको विपद प्रतिकार्य क्षमता बृद्धि गर्न र त्यसलाई प्रतिकार्य गर्ने स्रोत साधनको परिक्षण गर्न तथा विपदबाट हुने क्षति न्यूनिकरण गर्नका लागि संयुक्तरुपमा उक्त आयोजना गरीएको निड्स नेपालका विपद व्यवस्थापन क्षेत्रका संयोजक ईश्वर उपाध्ययले बताउनुभयो । ‘हाम्रो जिल्लाको क्षमता के छ ? त्योबाट विपद प्रतिकार्य गर्ने क्षमता परिक्षण गर्ने, समुदायलाई विपदसम्बन्धी सचेतना अभिबृद्धि गर्ने उदेश्यले हामीले योजिल्ला स्तरीय कृत्रिम नमुना अभ्यास गरेकाछौ,’ उहाँले भन्नुभयो ‘पक्कै पनि यस्ता अभ्यासले समुदायको क्षमता अभिबृद्धि गर्ने, हामीसंगको क्षमताको विश्लेषण पनि हुने र आगामि दिनमा थप कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा थाहा हुने भएकाले यो विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास गरीएको हो ।’

भविष्यमा घट्नसक्ने प्राकृतिक तथा मानव श्रजित विपद्का घट्नाहरुलाई मध्यनजर गरी कञ्चनपुरको उच्च जोखिम रहेको क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरुको संयुक्त सहभागितामा ‘अभ्यास मनसुन ५’ अर्थात विपदपूर्व तयारी कुत्रिम नमुना अभ्यास गरीएको नेपाली सेनाको श्री बराहदल गुल्म भगतपुरका निमित्त गुल्मपति एवं सह सेनानी सुरज कटुवालले बताउनुभयो ।
एनएनएसडव्ल्यूएमा कार्यरत राज कुमार सुनारले महाकाली नदीको तटीय क्षेत्रमा वर्षेनी बाढी तथा डुवानको समस्याको बर्णनगर्दै त्यसबाट समुदायलाई कसरी बचाउन सकिन्छ भनेर प्रत्येक वर्ष विभिन्न संघ सस्थाहरुले सयुक्तरुपमा विपद पूर्वतयारी कृत्रिम नमुना अभ्यास गर्ने गरेको र त्यसकै निरन्तरता भएको बताउनुभयो । साथै उहाले यस नमुना अभ्यासले विपदको समयमा समुदायलाई जोगाउन महत्वपूर्ण भुमिका खेल्ने हुदा सबै पालिकाहरुले यस्ता कृयाकलापहरुमा जोड दिनुपर्ने आवश्यक रहेको बताउनुभयो ।

 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कृत्रिम नमुना अभ्यासबाट उद्धारमा खटिने कर्मचारीहरुको पुनर्ताजकी हुने र विपदको वेला घरायसी सामग्रीहरु बाट कसरी जिउधनको सुरक्षा गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त हुने बताउनुभयो । ‘यस नमुना अभ्यास बाट सिकेका कुराहरु लाई व्यवहारमा उतार्न सकेमात्रै पनि कार्यक्रमको उदेश्य प्राप्त हुन्छ,’ प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो ‘यस कृत्रिम नमुना अभ्यासबाट उद्धारमा खटिने कर्मचारहिरुको पुनर्ताजकी हुनुका साथै विपदको बेला स्थानीयहरुलाई घरायसी सामाग्रीहरुबाट कसरी जिउधनको सुरक्षा गर्न सकिन्छ ? भन्ने कुरा जानकारी हुने भएकाले विपदबाट हुने क्षतिमा न्यूनिकरण आउछ ।’  कार्यक्रमममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

गैराबारीको खेतीयोग्य जमिन कटानबाट जोगाउन श्रमदानमा जैविक तटबन्ध निर्माण सुरु

दोधारा चाँदनी - कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ गैराबारी टोलस्थित नदी किनारमा वर्षाको पानीका कारण भएको कटान नियन्त्रण ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज