कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्धा घटे
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा लागु औषधसम्बन्धी मुद्धा घटेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको एक प्रतिवेदनमा लागु औषधका मुद्धा घटेको देखाएको हो । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्षमा लागु औषधसम्धी दुई सय ६५ जना विरुद्ध एक सय ७७ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख एव एसपि खड्क बहादुर खत्रीले जानकारी दिए । २०८०/८१मा २ सय ८७ जनाविरुद्ध १ सय ८१ मुद्धा लागुऔषधका दर्ता भएका थिए । भने २०७९/०८० मा २ सय ९३ जना विरुद्ध १ सय ५ मुद्धा लागुऔषधसम्बन्धीका रहेका थिए । २०८०/८१ मा भन्दा २०८१/०८२ मा लागुऔषधका ४ मुद्धा र १६ जना कम पक्राउ परेका छन् । लागुऔषधविरुद्धको मुद्धा र पक्राउ गरीएका मानिसको तथ्यांकको हिसावमा घटेको भएता पनि जिल्लामा लागुऔषध नियन्त्रण र न्यूनिकरणका लागि सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको एसपि खत्रीले बताए । तिन बर्षको अवधिमा ८ स...




















