Advertisement

एमाले केन्द्रीय कमिटी बैठक आज सकिदै, अधिकांस केन्द्रीय सदस्य पूर्वाराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने पक्षमा

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यहरुले बोल्नेक्रम जारी रहनेछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो देखि सुरु भएको बैठक आज पनि जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार हिजो गण्डकी,मधेस र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नु भएको छ ।

 

पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संसोधन सम्बन्धी प्रस्तावमा आज पनि छलफल जारी रहेको छ । आज बाँकी केन्द्रीय सदस्यहरुले सो प्रस्तावमा आफ्नो धारणा राख्ने कार्यसुची छ । बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटव्यूरो बाहेकका सदस्यहरुले मात्र बैठकमा धारणा राख्न पाउनेछन् ।

उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले यो बैठकमा उनीहरुलाई समय उपलब्ध नगराइएको गौतमले जानकारी दिनुभयो ।
हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट,समसामकिय राजनीतिक विषयवश्तु र सकारको एकवर्षे कार्यकालको उपलब्धी बारे बैठकलाई जानकारी गराउनुभएको थियो । यसैगरी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटव्यूरोबाट पारित भएको विधान संसोधन सम्बन्धी प्रस्ताव बैठकमा प्रष्तुत गर्नुभएको थियो । महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवदेन पेश गर्दै पार्टीमा २८ प्रतिशत सदस्य वृद्धि भएको जानकारी दिनुभएको थियो ।
बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा धारणाहरु बुझाएका छन् ।

गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरु सहितको एक घोषणा पत्र पनि सार्वजनिक गरिनेछ । केन्द्रीय समितीमा बोल्ने अधिकांस वक्ताहरुले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने र मिसन ०८४ मा अध्यक्ष ओलीको नेतृत्वमा ाजने पार्टीको यस अघिको निर्णय भएकोले त्यसलाई कार्यन्वयन गरेर जानु पर्ने धारणा राखेका छन् । हिजोको बैठकमा धारणा राख्ने ४९ जना मध्ये ४६ जनाले अध्यक्ष ओलीको निरन्तरताको माग गरेका थिए । बैठक बिहान ११ बजे देखि सुरु हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज