Advertisement

samachar

जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार
प्रेमचन्द्र झा, रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिवेला हाइस्कुल नजिक गए राति जंगली हात्तीको आतंकले स्थानीय बासिन्दाको जीवन त्रासमय बनेको छ। जंगली हात्तीले स्थानीय निरास कुमर र मेघनाथ कछडियाको घरमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख ईन्सपेक्टर रुपेश झाले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए। तर, प्रहरीको भनाइ सुन्दा मात्र पुग्दैन, स्थानीयको जीउधनको सुरक्षामा अझ गम्भीर चासो आवश्यक देखिएको छ। जंगलबाट आउने हात्तीहरूले रातको सुताइ हराम बनाइदिएको छ। जुडिबेला माविका प्रधानाध्यापक जुगल किशोर सिँहका अनुसार, पछिल्ला दिनहरूमा जंगली हात्तीले घर भत्काउने, फलफूल नष्ट गर्ने, बाली कुल्चने, नाली भत्काउने जस्ता गतिविधिहरू बारम्बार दोहोरिएका छन्। तर, सरोकारवाला निकाय भने ‘मौन दर्शक’ मात्र बनेको आरोप लगाइएको छ। ...
नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न

नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चण्डीगढ़, भारत — नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष श्री राजु चन्द ठकुरीले गर्नुभयो भने सञ्चालन महासचिव श्री ढाकाराम पौडेलले गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष आदरणीय श्री बालकृष्ण पाण्डे हुनुहुन्थ्यो। साथै केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। प्रमुख अतिथि श्री पाण्डेले दीप प्रज्वलन गरी महामानव वी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नु भयो। उहाँले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नविकरण, र नय...
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर-राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्ल्यूए)ले महाकालि प्रादेशिक अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सुदृढीकरणका लागि सामग्री हस्तान्तरण गरेको छ। मंगलबार लैङ्गिक हिंसाविरुद्धको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन एनएनएसडब्ल्यूए र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साँझेदारीमा सञ्चालित किशोरी समृद्धिका लागि ‘बी फोर जी’ परियोजना अन्तर्गत आवश्यक सामग्रीहरू १ थान सोफा सेट, १ थान लो बेड, १ थान स्टिल दराज, १ थान स्ट्यान्ड फ्यान, १ थान एएनसी परिक्षणका लागि प्रयोग हुने फोल्डेबल बेड र १ थान बाकस सहितको काठको बेञ्च गरि रू। ८१ हजार ७ सय बराबरको सामग्री हस्तान्तरण गरिएको हो। एनएनएसडब्ल्यूए का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन । सामग्री हस्ता...
एथलेटिक्स संघ कञ्चनपुरको अध्यक्षमा पाण्डेय

एथलेटिक्स संघ कञ्चनपुरको अध्यक्षमा पाण्डेय

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-  नेपाल एथलेटिक्स संघ कञ्चनपुरको अध्यक्ष उमेशराज पाण्डेय अर्बसम्मत चयन भएका छन् । संघको तेस्रो जिल्ला अधिबेशनबाट पाण्डेयको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । ११सदस्यीय समितिको उपाध्यक्षमा राजेन्द्र आग्री, सचिव प्रमानन्द जोशी र कोषाध्यक्ष सरोज भण्डारी चयन भएका छन् । संघमा धनञ्जय जोशी, खडक बहादुर साउँद लगायत सदस्य चयन भएका छन् । जिल्ला खेलकूद विकास समितिका कार्यलय प्रमुख गोपाल दत्त भट्टको प्रमुख आथित्य र कञ्चनपुर जिल्दला फुटबल संघका महासचिव नितेश रावलको विशिष्ट आथित्यमा भेला गरिएको छ ।...
डिएसपी बोगटीद्धारा आमा बुवाको सम्मानस्वरुप विद्यालयमा अक्षयकोष स्थापना

डिएसपी बोगटीद्धारा आमा बुवाको सम्मानस्वरुप विद्यालयमा अक्षयकोष स्थापना

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरस्थीत त्रिभुवन माध्यमिक विद्यालयमा श्री वीर बहादुर पाली बोगटी अक्षयकोष स्थापना गरीएको छ । मंगलबार भीमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर निवासी सशस्त्र प्रहरी बल नेपालका डिएसपी राम बहादुर पाली बोगटीले आफ्नो आमाबुवाको सम्मानस्वरुप विद्यालयलमा एक लाख २५ हजार १ सय २५ रुपयाँ बरावरको अक्षय कोषको स्थापना गरेका हुन् । आफुले माध्यमिक तहसम्म पढेको विद्यालयमा अध्ययनरत गरिव जेहेन्न्दार, मिहिनेती, उत्कृष्ट र खेलाडी छात्रछात्राहरुलाई छात्रबृत्रि प्रदान गर्ने उदेश्यका साथ कोषको स्थापना गरीएको डिएसपी राम बहादुर पाली बोगटीले बताए । उनले कोष स्थापना गर्न आजै विद्यालयलाई रकम हस्तान्तरण गरेका छन् । उनले आफ्ना बुवा वीर बहादुर पाली बोगटीको नामबाट अक्षयकोष खडा गरेका हुन् । डि एस पि बोगटी एक शालिन, भद्रस्वभावका धनी र सामाजिक कार्यमा निकै रुचि राख्ने ...
नेपाली कांग्रेसका नेता कार्यकर्तालाई विपी स्मृति दिवसले डो¥यायो बृद्धाश्रमसम्म

नेपाली कांग्रेसका नेता कार्यकर्तालाई विपी स्मृति दिवसले डो¥यायो बृद्धाश्रमसम्म

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, महेन्द्रनगर – नेपाली कांग्रेसले ४३औं बीपी स्मृति दिवसको अवसरमा बृद्धाश्रममा खाद्यान्न सामाग्रि प्रदान गरेको छ । मंगलबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं. ७ र ८ मा पर्ने रौटेलास्थीत बैजनाथधाम बृद्धाश्रममा चामल, दाल र तेललगायतका खाद्यान्न सामाग्रि हस्तान्तरण गरेको हो । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा क्षेत्र नं २(क) का प्रदेश सभापति पुरन खड्का ‘झंकार’को सभापतित्वमा र सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यमा वृद्धाश्रमका संयोजक बहादुर विष्टलाई खाद्यान्न हस्तान्तरण गरीएको छ । खाद्यान्न हस्तान्तरणपछि मन्त्री थापाले बृद्धाश्रमको सेवा विस्तारमा सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यी बुबाआमाहरूको आँखामा देखिएको स्नेह नै हाम्रो कामको प्रेरणा हो। सेवा गर्न पाउनु सौभाग्य हो,’ उनले भने, ‘वृद्धाश्रमको सेव...
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन सरोकारवालाको एकमत

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन सरोकारवालाको एकमत

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी गनरपालिका स्थति निर्माणाधिन सुख्खा बन्दरगाहको बाकि रहेको कार्य अगाडि बढाउन एक अन्तरक्रियामा सहभागि सरोकारवालापक्ष एकमत देखिएका छन् । मंगलबार सुख्खा बनदरगाहसंग सम्बन्धीत सरोकार राख्ने भारतीय राजदुतावास, नेपाल ईन्टरमोडेल यातायात(शुक्खा बन्दरगाह प्रोजेक्ट हर्ने), राईट्स लिमिटेड, कम्ट निर्माण कम्पनी, गौरीशंकर सामुदायीक उपभोक्ता समिति र दोधाराचाँदनी स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधीहरू बिच सुख्खा बन्दरगाह विषयक अन्तरक्रिया सम्पन्न भएको हो । उक्त कार्यक्रममा सहभागि सबै पक्षले शुक्खा बन्दरगाह बन्दरगाहको कार्य अगाडि बढाउन सहमति जनाएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिए । दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण सम्पन्न भई सञ्चालनमा आएमा कञ्चनपुर जिल्ला लगायत सुदूरपश्चिम प्रदेशका साथै कर्णाली प्रदेको विकासको ढोका खुल्ने...
पत्रकार बमलाई पत्नीशोक

पत्रकार बमलाई पत्नीशोक

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी – पत्रकार मीनबहादुर बमलाई पत्नीशोक परेको छ । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा डोटी जिल्ला शाखाका पूर्वअध्यक्ष बमलाई पत्नीशोक परेको हो । उनकी श्रीमती ३१ वर्षीया शव्या शाही बमको सोमवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ । डोटीको बोगटान फुड्सील गाउँपालिका–७ चनुकाँडा घर भएका बमको परिवार धनगढी उपमहानगरपालिका–७ शक्तिनगरमा बसोबास गर्दै आएको छ । उनको मंगलवार दिउँसो मोहना त्रिवेणी घाटमा अन्तिम संस्कार गरिएको छ ।...
सुप विश्वविद्यालय स्ववियु निर्वाचन : उम्मेदवारी दर्तामा विवाद, उम्मेदवारी दर्ता स्थगित

सुप विश्वविद्यालय स्ववियु निर्वाचन : उम्मेदवारी दर्तामा विवाद, उम्मेदवारी दर्ता स्थगित

Breaking News 1, samachar, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा १४ साउनमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनमा विवाद भएको छ । अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघविच विवाद भएको हो । मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता कार्यतालिका थियो । निर्धारित समयमै अखिल क्रान्तिकारी उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिमा पुग्दा नेवि संघले स्वतन्त्र विद्यार्थीले लगाएको ताला वार्ता बिनानै तोडिएको भन्दै वार्ताको माग अघि सारेको थियो । नेवि संघ नरेश पण्डित समुहले असहमतीका विच उम्मेदवारी दर्ता गर्न नहुने भन्दै अडान राखेको र अखिल क्रान्तिकारीले निर्वाचन समितिले तोके अनुरुप उम्मेदवारी दर्ताकोे माग अघि सारेका थिए । अखिल क्रान्तिकारीले उम्मेदवारी टुङगो लगाएर उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिमा पुग्दा नेवि संघले विवाद झिकेपछि असहज अवस्था सृजना भएको ...
कञ्चनपुर प्रहरी अदालतको फैसला कार्यन्वयन गराउन चुक्यो !

कञ्चनपुर प्रहरी अदालतको फैसला कार्यन्वयन गराउन चुक्यो !

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुर अदालतको फैसला कार्यन्वयन गराउन चुकेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आफैले सार्वजनिक गरेको तथ्यांक हर्ने हो भने अदालतको फैसला कार्यन्वयन गराउन चुकेको देखिन्छ । अदालतले विभिन्न मुद्धामा फैसला गरी कार्यन्वयनका लागि प्रहरीलाई जिम्मा दिईएकोमा थोरै मात्रै कार्यन्वयनमा गरेको छ । अदालतबाट गत आर्थिक बर्षमा १ हजार २ सय ६५ जना फरार अभियुक्त खोजी कार्य गर्न जिम्मेवारी सुम्पेकोमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ४ सय ८७ जना मात्रै खोज्न सफल भएको देखिएको छ । यो तथ्यांक २०८०/८१ को भन्दा झण्डै दोब्बर हो । प्रहरी कार्यालय कञ्चनपुरले ०८०/८१ मा १ हजार ३ सय ७ जना पक्राउ गर्नुपर्नेमा २ सय ४५ जनालाई पक्राउ गरी ५१ लाख ३३ हजार ११९ रुपया विगो तथा जरीवाना तिराउन र ७० बर्ष ९ महिना ३ दिन कैद भुक्तान गराउन अदालतलाई सघाएको छ । आर्थिक बर्ष २०८१/०८२ मा प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज