डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ को मृत्यु, ६ घइते
डडेल्धुरा - डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ठाँटा बजारबाट सदरमुकाम डडेल्धुरातर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप जिल्लाको नवदुर्गा गाउँपालिका– ५ चौडमा सडकबाट २ सय ५० मिटर तल खोल्सोमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्मर बिष्टका अनुसार, मृत्यु हुँनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षकी कलावती सउद रहेको छन् ।
त्यस्तै, घाइते हुनेमा नवदुर्गा–५ का १८ वर्षीय शुसिला बिं।क।, सोही ठाउँकी ४ वर्षीय प्रतिका पार्की, ४२ वर्षीय चन्द्रबहादुर सउद, ३५ वर्षीय जीप चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिं।क। रहेका छन् ।
घाइते सबैलाई जिल्ला अस्पताल डडेल्धुरा लगिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरह...




















