एनप्याब्सन सुदूरपश्चिमको अध्यक्षमा विविसि
महेन्द्रनगर–निजी विद्यालयहरुको संगठन ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बीर बहादुर चन्द(बिबिसी) चयन भएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न एनप्याब्सन सुदूरपश्चिम प्रदेशको भेलाले चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरीएको हो ।
निर्वाचन समिति संयोजक अधिवक्ता प्रकाश बहादुर पाण्डेयले प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा रवि आचार्य र खेमराज भट्ट, सचिवमा युवराज बम, कोषाध्यक्षमा कमला थापा, सहसचिवमा खगेश्वरी बोगटी, सहकोषाध्यक्षमा पुष्करराज पन्त चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा बलदेव भट्ट, कलाधर चपागाईं, मनीकुमार चौधरी, नृप बहादुर ठकुल्ला, दुर्गा चन्द र खेमा ढकाल सर्वसम्मत चयन भएका छन् ।
एनप्याब्सन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चयन भएका बीर बहादुर चन्द(बिबि...




















