शुक्लाफाँटा नगरपालिकामा १६औं राष्ट्रपति रनिङ्गशिल्ड सम्पन्न, कालिका माविलाई उपाधी
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा सञ्चालन भएको १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनोट प्रतियोगिताको उपाधी कालिका माध्यमिक विद्यालय असैनाले जितेको छ । शुक्लाफाँटा नगर खेलकुद विकास समितिको आयोजनामा बिहिवार देखि सुरु भएको प्रतियोगितामा ६ स्वर्ण, १ रजत र १ कास्यसहित ८ पदक हात पारेको कालिका मावि असैना प्रथम भएको हो । त्यसैगरी प्रतियोगितामा सुर्योदय माध्यमिक विद्यालय बन्शाहले ५ स्वर्ण, ९ रजत, र ७ कास्य सहित २१ पदक जित्दै दोस्रो स्थान हात पारेको छ । ४ स्वर्ण, ३ रजत, र ५ कास्य सहित १२ पदक हात पारेको धर्म जनता मा.वि स्टेसनपुर तृतीय भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं.०७ स्टेसनपुर स्थित धर्मजनता माध्यमिक विद्यालयको प्राङ्गणमा सनिवार औपचारिक कार्यक्रमका विच प्रतियोगिताको समापन गरीएको छ ।
प्रतियोगितामा नगरपालिका भित्रका संस्थागत विद्यालय २५ र सामुदायिक २८ गरि ५३ विद्यालयको सहभागीता र...




















