एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको विदेश भ्रमण रोक र स्थानहद फुकुवा गर्ने निर्णय गरेको हो। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो।
आइतबार जाँचबुझ आयोगले अध्यक्ष ओलीसँग बयान लिएको थियो। त्यससँगै उनको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।...




















